T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : इङ्ग्लिस बलर अघि निरिह अष्ट्रेलिया 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो तेश्रो खेलमा इंग्ल्यान्डका बलर सामु निरिह हुँदा अष्ट्रेलियाले १२६ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १२५ रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियालाई सानो स्कोरमा नै रोक्ने क्रममा क्रिस जोर्डनले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने क्रिस वक्सले पनि मात्र २३ दिएर तथा महँगो साबित भएका टिमाल मिल्सले चार ओभरमा ४५ रन खर्चंदै समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । त्यस बाहेक आदिल रशिदलियाम लिविङस्टोनले पनि १-१ विकेट लिन सफल भए ।

ओपनर डेविड वार्नर र स्टिभ स्मिथ समान १-१, ग्लेन म्याक्सवेल ६ तथा मार्कस स्टोइनिस शुन्य रनमा आउट हुँदा २१ रनमा चार विकेटको अवस्थामा खुम्चिएको अष्ट्रेलियाको पारी सम्हाल्ने क्रममा कप्तान तथा ओपनर आरोन फिंचले ४४, एस्टन अगरले २०, म्याथ्यु वेडले १८, प्याट कमिन्सले १२ तथा मिचेल स्टार्कले १३ रन जोड्दै अष्ट्रेलियालाई सम्मानजनक योगफल सम्म डोर्याए ।  

 

Click to comment

Trending