T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : दक्षिण अफ्रिकाको रोमान्चक जित 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो तेश्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि चार विकेटको रोमान्चक जित हात पारेको छ । यस जितसँगै दक्षिण अफ्रिकाले आफ्नो सेमीफाइनलको यात्रालाई जीवितै राखेको छ भने श्रीलंकालाई आजको हारले धक्का पुगेको छ ।

तेश्रो खेलमा दक्षिण अफ्रिकाको यो दोश्रो जित हो भने श्रीलंकाको दोश्रो हार हो । आफ्नो पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गरेको श्रीलंकाले दोश्रो खेलमा अष्ट्रेलियासँग सात विकेटको हारको सामना गरेको थियो । त्यस्तै दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटको पराजय भोगे पनि दोश्रो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो ।  

जितका लागि श्रीलंकाले दिएको १४३ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले छ विकेट गुमाएर एक बल अगाडि मात्र जित हात पार्न सफल भएको हो । दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम नौ बलमा जितका २२ रनको आवस्यकता रहेको अवस्थामा मिलरले दुई छक्का तथा रबाड़ाले एक छक्का र एक चौका प्रहार गर्दै जित सुनिश्चित गराए ।

दक्षिण अफ्रिका एक समय जित तर्फ अग्रसर भए पनि वानिन्दु हसरंगाले ह्याट्रिक लिँदै श्रीलंकालाई खेलमा फर्काउन सफल भए । तर पनि मिलररबाडाले दक्षिण अफ्रिकालाई दुई अंक दिलाइ छाडे ।

सर्वाधिक ४६ रनको पारी खेलेका कप्तान टेम्बा बवूमाको विकेटको पतनसँगै हारको सङ्घारमा रहेको दक्षिण अफ्रिकाको जितमा डेविड मिलरकागिसो रबाडा नायक रहे । 

हसरंगाले सर्वाधिक तीन तथा दुश्मन्था चमिराले दुई विकेट आफ्नो नाममा दर्ता गराए पनि अन्य बलर भने खाली हात रहे ।         

लगातार रुपमा एक पछि अर्को विकेट गुमाए पनि ओपनर पथुम निसंकाले अर्धशतकीय पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४२ रनको चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सक्यो । 

श्रीलंकाको तर्फबाट निसंकाले ५८ बलको सामना गर्दै ६ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७२ रन बनाए । उनी बाहेक चरिथ असलंकाले २१ तथा कप्तान दासुन शनाकाले ११ रन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकालाई सस्तोमा रोक्ने क्रममा तब्रिज शाम्सी र ड्वेन प्रिटोरियसले समान ३-३ विकेट लिए भने एनरिच नोर्किएले पनि दुई विकेट आफ्नो नाममा लेखाए । शाम्सीप्रिटोरियसले क्रमश चार र तीन ओभर बलिङ गर्दै समान १७-१७ रन खर्चिए ।         

 

Click to comment

Trending