T20 World Cup

बाबरले तोडे कोहलीको किर्तिमान 

Published

on

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा रहेको किर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका छन् ।

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा अर्धशतकीय पारी खेलेका बाबरले ट्वान्टी ट्वान्टीमा कप्तानका रुपमा एक हजार रन पुरा गरे । उनी कप्तानका रुपमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पुरा गर्ने नवौँ कप्तान हुन् ।

तर उनले कोहलीको नाममा रहेको किर्तिमान आफ्नो नाममा लेखाएको किर्तिमान हो कप्तानका रुपमा सबैभन्दा कम खेलमा एक हजार रन पुरा गर्ने हो । कोहलीले यस अघि ३० खेलमा एक हजार रन पुरा गरेका थिए भने बाबरले मात्र २६ खेलमा पाकिस्तानको कप्तानी गर्दै एक हजार रन पुरा गरेका हुन् ।

बाबरको अर्धशतकको मद्दतमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्यो भने जितसँगै पाकिस्तान सेमीफाइनल नजिक पुगेको छ । पाकिस्तानको जितमा ४७ बलको सामना गरेका कप्तान आजमले सर्वाधिक ५१ रन बनाए । आजमले यस अघि भारत विरुद्धको पहिलो खेलमा पनि अर्धशतक प्रहार गर्दै पाकिस्तानलाई भारत माथि १० विकेटको ऐतिहासिक जित दिलाएका थिए ।

एकदिवसीय विश्वकपमा सात पटक तथा ट्वान्टी ट्वान्टी विश्वकपमा पाँच पटक हारको सामना गरेको पाकिस्तानले बाबरको नै कप्तानीमा पहिलो पटक भारतलाई विश्वकपमा पराजित गरेको थियो ।

Click to comment

Trending