T20 World Cup

पाकिस्तान विरुद्धको खेलमा रशिद खानको किर्तिमान

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा पाकिस्तान विरुद्ध अफगानिस्तानका स्पिनर रशिद खानले नयाँ किर्तिमान बनाएका छन् ।

१४ औ ओभरको पहिलो बलमा १० रन बनाएका मोहम्मद हफिजलाई गुलाबदीन नैबको हातबाट क्याच थमाउँदै रशिदले सबैभन्दा कम खेलमा १०० विकेट लिने बलरको किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यस अघि यो किर्तिमान श्रीलंकाका तिब्र गतिका बलर लसिथ मलिंगाको नाममा रहेको थियो । 

रशिदले मात्र ५३ खेलमा आफ्नो १०० विकेट पुरा गरेका हुन् । मलिंगाले भने १०० विकेट लिनका लागि ७६ खेल खेलेका थिए । त्यस्तै तेश्रो स्थानमा रहेका टिम साउथीले ८२ तथा शकिब अल हसनले ८३ खेलमा आफ्नो १०० विकेट पुरा गरेका थिए ।    

Click to comment

Trending