T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : पहिलो जितको खोजीमा बंगलादेश र वेस्ट इन्डिज 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ३:४५ बजे शारजाहमा हुनेछ ।

विश्वकपमा सेमीफाइनलमा स्थान बनाउने आशा जीवितै राख्नका लागि बंगलादेश र वेस्ट इन्डिज दुवैले आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । ग्रुप १ मा रहेका वेस्ट इन्डिज र बंगलादेशले समान २-२ खेल खेल्दा जित बिहिन रहेका छन् ।

आजको खेलमा जित जित हात पार्ने टोलीले सेमीफाइनलको सम्भावना जिवितै राख्ने छ भने पराजित हुने टोलीको सेमीफाइनल पुग्ने आशामा लगभग पूर्ण बिराम लाग्ने छ ।

आफ्नो पहिलो खेलमा बंगलादेशले श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा इंग्ल्यान्डसँग आठ विकेटको फराकिलो हारको सामना गरेको थियो । आफ्नो पहिलो खेलमा ब्याटरहरु चल्न नसक्दा इंग्ल्यान्ड सामु निरिह बनेको वेस्ट इन्डिज मात्र ५५ रनमा समेटिँदै छ विकेटको हारको सामना गरेको थियो भने दोश्रो खेलमा दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको थियो ।  

हेड टु हेड हेर्ने हो भने यि दुई टोली बीच खासै ठुलो अन्तर छैन । हाल सम्म १२ पटक ट्वान्टी ट्वान्टीमा भिड्दा वेस्ट इन्डिजले छ खेलमा जित निकालेको छ बंगलादेश पाँच पटक विजेता भएको छ । एक खेल भने नतिजा बिहिन रहन पुगेको छ । त्यस्तै ट्वान्टी ट्वान्टीमा दुई पटक आमुन्ने-सामुन्ने हुँदा दुवैले १-१ खेलमा जित आत्मसाथ गरेका थिए । 

 

Click to comment

Trending