T20 World Cup

 ट्वान्टी ट्वान्टी विश्वकप : भारतसँग फाइनल खेल्ने पाकिस्तानका प्रशिक्षक सक्लिन मुस्ताकको चाहना 

Published

on

ट्वान्टी ट्वान्टी र एकदिवसीय विश्वकपमा गरेर लगातार १२ खेलमा पराजित भएको पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले घुँडा टेकायो ।

पाकिस्तानले एकदिवसीयमा सात र ट्वान्टी ट्वान्टी विश्वकपमा पाँच गरेर कुल १२ खेलमा भारत विरुद्ध जित निकाल्न सकेको थिएन । भारतले सन् २००७ मा पहिलो पटक आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा पाकिस्तानलाई पाँच रनले पछार्दै विश्वकपको उपाधि चुमेको थियो ।  

भारत र पाकिस्तान बीचको सिमा विवादका कारण तथा भारतले पाकिस्तानलाई आतङ्कवादीहरूलाई सरण दिने गरेको भन्दै पाकिस्तानसँग कुनै पनि शृंखला खेल्दैनन् । यी दुईको भिडन्त अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसियाली क्रिकेट परिषदले गर्ने प्रतियोगिता बाहेक अन्यमा भेट पनि हुँदैन ।    

यसै ट्वान्टी ट्वान्टी विश्वकप बाहेक पाकिस्तान र भारतको भिडन्त हेर्न अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने  ट्वान्टी ट्वान्टी विश्वकप सम्म कुर्न पर्ने हुन्छ । त्यसैले पनि पाकिस्तान क्रिकेट टोलीका अन्तरिम मुख्य प्रशिक्षक सक्लिन मुस्ताकले भारत र पाकिस्तान बीच फाइनल हेर्ने चाहना राखेका छन् ।   

खेलका क्रममा दुई राष्ट्र खेलाडी र समर्थक बीच दुश्मनीको हिसाबले हेरिने भए पनि खेल पछि खेलाडीहरु एकअर्कालाई सम्मान गर्नुका साथै आफ्नो अनुभव पनि साटासाट गर्ने गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल हुने गर्दछ । 

पहिलो खेलमा उत्कृष्ट अर्धशतक प्रहार गर्दै भारतलाई १० विकेटले पराजित गर्न ठुलो भूमिका खेलेका मोहम्मद रिजवानलाई भारतका कप्तान विराट कोहलीले अँगालो मारेको फोटो भाइरल भएको थियो । त्यस्तै भारतीय टोलीका पूर्व कप्तान तथा यस विश्वकपका लागि मेन्टरको भूमिका निर्वाह गरिरहेका महेन्द्र सिंह धोनीले खेल पश्चात पाकिस्तानका पूर्व कप्तान सोएब मलिक र कप्तान बाबर आजमसँग कुरा गर्दै गरेको भिडियो पनि भाइरल बन्न पुगेको थियो ।       

मुस्ताक पनि खेल भन्दा बाहिर हेर्ने हो भने दुई देशका बीचको दुश्मनीले कुनै स्थान नपाउने र मानवता तथा प्रेमले स्थान पाउने बताउँछन् । ‘तपाईले पछिल्लो खेलमा खेल भन्दा बाहिर हेर्नु न के के भएको थियो भनेर,’ सक्लिनले भने । ‘चाहे त्यो कोहली हुन् या धोनी । पाकिस्तान र भारत बीचको खेल र दुश्मनीलाई बाहिर राख्ने हो भने त्यस खेल भनेको मानवता र प्रेमले जित हात पारेको दिन हो । त्यो क्रिकेटको लागि पनि राम्रो हो ।’  

‘त्यसै कारणले पनि मलाई भारत र पाकिस्तान बीच फाइनल भएको हेर्ने चाहना छ । यि दुई टोलीले फाइनलमा स्थान बनाउने हो भने आईसीसीलाई पनि फाइदा हुन्छ भने सम्पूर्ण क्रिकेट समर्थकले पनि एउटा राम्रो र उत्कृष्ट खेल हेर्ने मौका पनि प्राप्त गर्नेछन् । सायद दुई देश बीच बिग्रिएको सम्बन्ध क्रिकेटले पनि सुधार गर्नसक्छ की ?’   

पाकिस्तानले आफुले खेलेका दुबै खेलमा जित निकाल्दै सेमीफाइनल यात्रा सहज बनाएको छ । आफ्नो पहिलो खेलमा भारत माथि १० विकेटको रवाफिलो जित निकालेको पाकिस्तानले दोश्रो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पाखा लगाएको थियो । पाकिस्तानले आफ्नो तेश्रो खेलमा आज अफगानिस्तानको सामना गर्दैछ ।  

@wesportzT20 World Cup 2021: Pakistan’s interim head coach Saqlain Mushtaq wants an Indo-Pak final clash. ##tiktokindia ##indiancricket ##bcci ##tiktok_india ##fypシ ##foryou ##viral ##fyp ##missionworlcup ##viratkohli ##T20WorldCup ##IndiaVSPakistan ##INDvPAK ##tiktokpakistan♬ original sound – wesportz.com

Click to comment

Trending