T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : वार्नरको अर्धशतकमा अष्ट्रेलियाको लगातार दोश्रो जित

Published

on

पछिल्लो समान निकै खराब फर्मबाट गुज्रिएका ओपनर डेविड वार्नरले अर्धशतक प्रहार गरे पछि अष्ट्रेलियाले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गराएको छ । आफ्नो दोश्रो खेलमा अष्ट्रेलियाले श्रीलंका माथि सात विकेटको सहज जित हात पारेको हो ।

वार्नरले ४२ बल खेल्दै १० चौकाको मद्दतमा सर्वाधिक ६५ रन जोड्दा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अष्ट्रेलियाले तीन विकेट गुमाएर १९ बल अगावै लक्ष्य पार गर्यो ।

अष्ट्रेलियाको जितमा वार्नर बाहेक कप्तान आरोन फिंचले ३७ रन बनाए भने स्टिभ स्मिथ र मार्कस स्टोइनिसले पनि अविजित रहँदै क्रमश २८ रन १६ रनको योगदान दिए । वार्नरफिंचले पहिलो विकेटका लागि छ दशमलब पाँच ओभरमा ७० रन जोड्दै अष्ट्रेलियालाई आक्रामक सुरुवात दिए । म्याक्सवेल पाँच रन बनाएर आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक दुई विकेट लिए भने दासुन शनाकाले पनि आफ्नो नाममा एक विकेट हात पार्न सफल रहे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १५४ रनको सामान्य योगफल मात्र बनाउन सक्यो ।

श्रीलंकाको तर्फबाट कुशल परेराचरिथ असलंकाले क्रमश २५ र २७ बलको सामना गर्दै समान ३५-३५ रनको पारी खेले भने भानुका राजापक्षाले पनि अविजित रहँदै २६ बलमा ३३ रनको योगदान दिए । तिनै जनाले समान ४-४ चौका र १-१ छक्का प्रहार गरे ।

तेश्रो ओभरमा नै सात रन बनाएका ओपनर पथुम निसंकालाई गुमाए पनि परेराअसलंकाले सात दशमलब एक ओभरमा ६३ रनको साझेदारी गर्दै श्रीलंकालाई संकटबाट बचाए । त्यस पछि आएका अभिष्का फर्नान्डो र वानिन्दु हसरंगा समान ४-४ तथा कप्तान दासुन शनाका १२ रन बनाएर पेभेलियन फर्किए ।

एक छोडबाट श्रीलंकाले विकेट गुमाए पनि राजापक्षाले अर्को छोड सम्हाल्दै श्रीलंकालाई सम्मानजनक स्कोर सम्म डोर्याए । श्रीलंकाको तर्फबाट चमिका करुणारत्नेले पनि अविजित नौ रनको पारी खेले ।

श्रीलंकालाई सानो स्कोरमा रोक्ने क्रममा एडम जाम्पा, मिचेल स्टार्क र प्याट कमिन्सले समान २-२ विकेट हात पारे । किफायती बलिङ गरेका जाम्पाले चार ओभरमा मात्र १२ रन खर्चिए भने स्टार्ककमिन्सले चार ओभरमा नै क्रमश २७ र ३४ रन दिए ।

@wesportzT20 World Cup 2021: Pakistan’s interim head coach Saqlain Mushtaq wants an Indo-Pak final clash. ##tiktokindia ##indiancricket ##bcci ##tiktok_india ##fypシ ##foryou ##viral ##fyp ##missionworlcup ##viratkohli ##T20WorldCup ##IndiaVSPakistan ##INDvPAK ##tiktokpakistan

♬ original sound – wesportz.com

 

Click to comment

Trending