IPL

आईपीएलको अक्सनको लागि चार जना खेलाडी मात्र रिटेन गर्न पाउने 

Published

on

सन् २०२२ मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि पुराना आठ फ्रेन्चाइजले चार जना खेलाडी मात्र रिटेन गर्न पाउने भएको छ ।

आईपीएलले यस अघि मिनी अक्सन आयोजना गर्ने गरेको थियो भने आगामी सिजनमा नयाँ दुई टोली थपिएका कारण नयाँ अक्सन गर्न लागेको हो । त्यसका लागि उसले पुराना आठ टोलीले चार जना खेलाडीलाई मात्र रिटेन गर्न पाउने नियम बनाएको हो । नयाँ फ्रेन्चाइजहरु लखनउ र अहमदाबादले भने अक्सन अघि तीन जना खेलाडी भित्राउन पाउने छ ।

पुराना टोलीले आफ्ना चार खेलाडी मध्य बढीमा तीन स्वदेशी तथा दुई विदेशी खेलाडीलाई रिटेन गर्न पाउने छ । उसले तीन स्वदेशी र एक विदेशी अथवा २-२ स्वदेशी र विदेशी रिटेन गर्ने अधिकार पाएको छ भने नयाँ टोलीको हकमा दुई स्वदेशी र एक विदेशीलाई भित्राउन पाउने छ । स्वदेशी खेलाडीको हकमा भने जुनै पनि समुह, अन्तर्राष्ट्रिय खेलेको अथवा नखेलेकाबाट रिटेन गर्न सक्ने छ ।   

यस पटक राइट टु म्याच प्रयोग पनि हुने छैन । राइट टु म्याच नियम अन्तर्गत यदि कुनै टोलीमा भएको खेलाडीलाई अक्सन मार्फत अर्को टोलीले खरिद गर्दछ भने यस विशेष अधिकार प्रयोग गरेर आफ्नै टोलीमा समावेश गर्न पाउने हो ।

सन् २०२२ को अक्सनका लागि खर्च गर्न पाउने रकममा पनि बढोत्तरी गरिएको छ । यस अघि सन् २०२१ को अक्सनमा खर्च गर्न पाउने रकम ८५ करोड भारतीय रुपैयाँ रहेको थियो भने यस पटक पाँच करोड भारतीय रुपैयाँ बढाएर ९० करोड पुर्याइएको छ ।   

आईपीएलले अनौपचारिक छलफलमा यस बारेमा सबै टोलीलाई जानकार गराएको छ भने विस्तृत विवरण सार्वजनिक गरेको छैन । त्यस्तै नयाँ फ्रेन्चाइजले अहिलेका आठ फ्रेन्चाइजले रिटेन नगरेका खेलाडी अथवा अक्सनमा समावेश हुने खेलाडी मध्यबाट तीन खेलाडी राख्न पाउने बारेमा पनि खुलस्त पारिएको छैन ।   

यस अघि सन् २०१८ मा आयोजना भएको पूर्ण अक्सनमा टोलीले अधिक्तम ८० करोड भारतीय रुपैयाँ खर्च गर्दा ३३ करोड खेलाडी रिटेन गर्नमा खर्च गर्न पाएको थियो । यो पटक यस बारेमा पनि फ्रेन्चाइजहरुलाई पूर्ण विवरण दिइएको छैन ।  

बिसीसीआईले यसै हप्ता दुबईमा आयोजना भएको कार्यक्रम मार्फत दुई नयाँ टोलीको छनोट गरेको हो । बिसीसीआईले १२ हजार दुई सय करोड भारतीय रुपैयाँमा दुई नयाँ टोली छनोट गरेको हो ।  लखनउको लागि सन्जिव गोयन्काको आरपीएसजी ग्रुपले सात हजार करोड भारु तथा अहमदाबादका लागि सिभीसी क्यापिटल्सले ५२ सय करोड भारु खर्च गरेको हो ।  

 

Click to comment

Trending