T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : ट्रम्पलमन र फ्रिलिंकको घातक बलिङमा नामिबियाको सनसनीपूर्ण जित

Published

on

रुबेन ट्रम्पलमन र यान फ्रिलिंकले घातक बलिङ गर्दा ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को खेलमा नामिबियाले स्कटल्याण्ड माथि चार विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।रुबेन ट्रम्पलमनले पहिलो ओभरमा नै स्कटल्याण्डका तीन जना ब्याट्सम्यानलाई डक-आउट गर्दा पहिलो पटक विश्वकपको सुपर १२ मा स्थान बनाएको नामिबियाले आफ्नो पहिलो खेलमा नै जित दर्ता गराउन सफल भएको हो ।    

खेलको प्लेयर अफ द म्याच घोषित ट्रम्पलमनले पहिलो ओभरमा दुई वाइड सहित मात्र दुई रन खर्चिएर तीन विकेट हात पारे पछि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १०९ रनको योगफल सम्म तान्न सफल भयो । जबाफी ब्याटिङ गरेको नामिबियाले ६ विकेट गुमाएर पाँच बल अगाडी लक्ष्य पार गर्यो ।   

पहिलो ओभरमा नै तीन विकेट गुमाएर निकै खराब सुरुवात गरेको स्कटल्याण्डलाई तीन अंकको योगफल सम्म पुर्याउनले क्रममा माइकल लिस्कको आक्रामक ४४ रनको पारी खेले । अर्धशतक बनाउनबाट चुकेका लिस्कले छैटौँ नम्बरमा ब्याटिङ गर्दै २७ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे ।

लिस्क बाहेक क्रिस ग्रिब्सले २५ तथा ओपनर म्याथ्यु क्रसले १९ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

ओपनर जर्ज मुन्से स्कटल्याण्डको पारीको पहिलो बलमा नै रुबेन ट्रम्पलमनको बलमा बोल्ड भए । पहिलो ओभरको तेश्रो बलमा क्रमश क्यालम म्याकलोयड दुई बल खेल्दै शून्य रनमा क्याच आउट भए भने चौथो बलमा कप्तान रिची बेरिङटन एलबीडब्लुको धरापमा परे । दुवैको विकेट ट्रम्पलमनले लिएका हुन् ।

चार ओभर बलिङ गरेका ट्रम्पलमनले १७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने किफायती बलिङ गरेका यान फ्रिलिंकले चार ओभरमा मात्र १० रन दिएर दुई विकेट आफ्नो नाममा लेखाए । 

लगातार रुपमा विकेट गुमाएर केहि दबाबमा आए पनि नामिबियाको जितमा ओपनर क्रेग विलियम्स र माइकल भान लिंगेनले क्रमश २३ तथा १८, डेविड विसाले १६ रनको पारी खेल्दै पेभेलियन फर्किए पनि जेजे स्मिटले अविजित ३२ रनको पारी खेल्दै आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाए । 

Click to comment

Trending