Headline

महिला ट्वान्टी ट्वान्टी बिश्वकपको एसिया छनौटका लागि नेपाली टोलीको घोषणा

Published

on

नेपाल क्रिकेट संघले नोभेम्बर २० देखि २९ सम्म युएईमा हुन गइरहेको आईसीसी ट्वान्टी ट्वान्टी महिला बिश्वकप एसिया क्वालिफायरका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको चयन गरेको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा विकेटकिपर ब्याट्सवुमन ज्योति पाण्डेले पुनरागमन गरेकी छिन् भने अन्य सदस्यहरुमा डली भट्ट, सिता राना मगर, करुण भण्डारी, इन्दु बर्मा, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।

सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई बैकल्पिक खेलाडीको रुपमा राखिएको छ । नेपाली टोलीलाई प्रशिक्षक जगत टमाटाले सम्हाल्ने छन् भने व्यवस्थापकको रुपमा जयन्ती भट्ट रहेकी छिन् ।

एसिया क्वालिफायरमा आयोजक युएई र नेपालसँगै हंँगकँग, चिन, भुटान, कुवेत र मलेसिया रहेका छन् । राउण्ड रोबिन लिगपछि शिर्ष स्थान हात पार्ने टोलीले बिश्वकपको ग्लोबल छनौटमा स्थान बनाउने छन् ।

Click to comment

Trending