T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्याण्डलाई पनि पाखा लगाउन सफल पाकिस्तान 

Published

on

सुरुवातमा लगातार रुपमा विकेट गुमाए पनि शोएब मलिकआसिफ अलीले आक्रामक पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को खेलमा पाकिस्तानले लगातार दोश्रो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा भारतलाई १० विकेटले पछारेको पाकिस्तानले आज न्युजिल्याण्डलाई पाँच विकेटको हार चखाएको हो ।  

१३५ रनको सामान्य लक्ष्य सहित ब्याटिङमा आएको पाकिस्तानले लगातार रुपमा विकेट गुमाए पनि अन्त्यमा १८ दशमलब चार ओभर खेल्दै पाँच विकेटको जित आत्मसाथ गर्न सफल भयो ।

कप्तान तथा ओपनर बाबर आजम नौ, फखार जमान, मोहम्मद हफिजइमाद वासिम समान ११-११ तथा ओपनर तथा बिकेट किपर मोहम्मद रिजवान ३३ रन बनाएर आउट हुँदा १५ औ ओभरमा पाँच विकेट गुमाएर ८७ रनको अवस्थामा खुम्चिएको पाकिस्तानलाई जित दिलाउने क्रममा मलिक र अलीले छैटौँ विकेटका लागि मात्र तीन दशमलब पाँच ओभरमा अविजित ४८ रनको साझेदारी गरे । 

क्रमश १२ र २० बलको सामना गरेका अली र मलिकले समान २७-२७ रनको पारी खेले ।   

यस अघि हरिस रौफले घातक बलिङ गर्दै चार ओभरमा २२ रन मात्र खर्चिएर चार विकेट हात पार्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर मात्र १३४ रनको सामान्य योगफल बनाउन सक्यो ।

न्युजिल्यान्डका ड्यारेल मिचेलडेवन कन्वेले सामना २७-२७ तथा कप्तान केन विलियमसनले २५ रनको पारी खेले भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।  

 

Click to comment

Trending