T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : डिफेन्डिङ च्याम्पियनको लगातार दोश्रो हार 

Published

on

डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को खेलमा लगातार दोश्रो हारको सामना गरेको छ ।  

आफ्नो पहिलो खेलमा मात्र ५५ रनमा अलआउट हुँदा छ विकेटको लज्जास्पद हारको सामना गरेको वेस्ट इन्डिजले आफ्नो दोश्रो खेलमा आज आठ विकेटको हार व्यहोरेको हो । दक्षिण अफ्रिकाले भने दोश्रो खेलमा पहिलो जित दर्ता गराउन सफल भएको हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।      

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले एविन लुईसको तुफानी अर्धशतकको मद्दतमा २० ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रनको मध्यम योगफल तयार पार्यो । एडेन मारक्रमले २६ बलको सामना गर्दै दुई चौका र चार छक्काको मद्दतमा अविजित ५१ रन बनाउँदा दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर १० बल अगावै लक्ष्य पार गर्यो ।

दक्षिण अफ्रिकाको जितमा रसी भान डर दुस्सेनले अविजित ४३ तथा रेजा हेन्ड्रिक्सले पनि ३९ रनको योगदान दिए ।   

वेस्ट इन्डिजको लागि पहिलो विकेटका लागि ओपनरद्वय लुईसलिन्डल सिमन्सले १० दशमलब तीन ओभरमा ७३ रनको साझेदारी गर्दै निकै राम्रो सुरुवात दिए । ३५ बल खेल्दै लुईसले छ छक्का र तीन चौकाको सहयोगमा सर्वाधिक ५६ रन बनाएर केशव महाराजको बलमा आउट हुन पुगे । 

३५ बलको सामना गरेका सिमन्सले १६ रन भन्दा जोड्न सकेनन् । त्यस बाहेक कप्तान कायरन पोलार्डले २६ तथा विकेट किपर निकोलस पूरन र क्रिस गेलले समान १२-१२ रनको योगदान दिए ।

आक्रामक सुरुवात गरेको वेस्ट इन्डिजलाई मध्यम स्कोरमा रोक्ने क्रममा दक्षिण अफ्रिकाका ड्वेन प्रेटोरियसले दुई ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन तथा केशव महाराजले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।     

 

Click to comment

Trending