Headline

ट्वान्टी ट्वान्टी बिश्वकपमा आज दुवै ठूला खेल

Published

on

ट्वान्टी ट्वान्टी बिश्वकपमा मंगलवार चार ठूला टिमहरुबीच खेल हुँदैछन् । ग्रुप वान अन्तर्गतको दिनको पहिलो खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ्ग च्याम्पियन वेष्ट इण्डिजको सामना गरिरहेको छ ।

प्रतियोगितामा निकै खराब शुरुवात गरेका दुवै टोलीका लागि मंगलवारको खेल सेमिफाइलको दौडमा कायम रहनका लागि निकै महत्ववपूर्ण रहेको छ ।

दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा अष्ट्रेलियाबिरुद्ध १ सय १८ रनमै समेटिएको थियो । अष्ट्रेलियालाई उक्त लक्ष्यको लागि २० ओभरसम्म पर्खाउदै पाँच विकेट लिएपनि दक्षिण अफ्रिकाको ब्याटिङ्ग निराशाजनक रहेको थियो । वेष्ट इण्डिजको हालत आफ्नो पहिलो खेलमा त्यो भन्दा खराब थियो ।

दुई पटकको बिजेता वेष्ट इण्डिज इंगल्याण्डबिरुद्ध ५५ रनमै सिमित हुँदै ९ ओभरभित्रै ६ विकेटले खेल हार्न पुगेको थियो । ट्वान्टी ट्वान्टी क्रिकेटका लागि अब्बल मानिएको वेष्ट इण्डिजबाट त्यस्तो प्रदर्शन कसैले पनि अपेक्षा गरेको थिए । दुबईमा हुने खेल ४ः४५ मा शुरु हुनेछ ।

न्युजिल्याण्डले भने यो बिश्वकप पहिलो खेल खेल्दैछ । पहिलो खेलमा भारतमाथि १० विकेटको शान्दार जित हात पार्दै आकर्षक शुरुवात गरेको पाकिस्तानलाई यो खेलको लागि दाबेदारको रुपमा हेरिएको छ ।

उत्कृष्ट बलिंँग आक्रमणसँगै ब्याट्स्म्यानहरु पनि फर्ममा रहेका कारण न्युजिल्याण्डलाई निकै मिहिनेत गर्नु पर्ने देखिन्छ । यद्दपि न्युजिल्याण्डको टोली आफै पनि फर्ममा रहेको छ ।

शारजाहको सानो मैदानमा हुने खेलमा दुवै टोलीबाट रनको बर्षा हुने अपेक्षा गर्न सकिन्छ । खेल ७ः४५ मा शुरु हुनेछ ।

Click to comment

Trending