Headline

मिसन वर्ल्ड कप : महिला टोलीले पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने 

Published

on

नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ । ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले नोभेम्बर २२ बाट युएईमा आयोजना हुने विश्वकप छनोट अघि शृंखला खेल्न लागेको हो ।

नेपाली महिला टोलीले विश्वकप छनोट अघि कतारको भ्रमण गर्नेछ र उक्त भ्रमणका क्रममा कतार विरुद्ध तीन ट्वान्टी अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने भएको हो । 

विस्पोर्टज् लाई प्राप्त जानकारी अनुसार नेपाली टोली नोभेम्बर १४ मा कतारका लागि उड्ने छ । त्यस पछि उसले नोभेम्बर १६, १७ र १८ मा गरेर तीन खेल खेल्ने छ । नेपाली टोली ट्वान्टी ट्वान्टी शृंखला सकिएको भोलिपल्ट नै नोबेम्बर १९ मा कतारबाट नै युएईका लागि उड्ने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि भनेर एक हप्ता अघिबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा हाल २४ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।       

नेपाली महिला टोलीले करिब दुई वर्ष पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् । नेपाली टोलीले पछिल्लो पटक नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साफ अन्तर्गत क्रिकेट खेलेको थियो ।  

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु – रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता कुवर, कविता जोशी, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योति पाण्डे, करुणा भण्डारी, सरिता मगर, इश्वरी बिष्ट  

 

Click to comment

Trending