Headline

१२ हजार करोड भारुमा बिसीसीआईले थप्यो आईपीएलका लागि दुई नयाँ टोली

Published

on

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दुई नयाँ टोली थप गरेको छ ।

सोमबार दुबईमा आयोजना भएको कार्यक्रम मार्फत बिसीसीआईले दुई नयाँ टोलीको छनोट गरेको हो । बिसीसीआईले १२ हजार दुई सय करोड भारतीय रुपैयाँमा दुई नयाँ टोली छनोट गरेको हो ।

लखनउको लागि सन्जिव गोयन्काको आरपीएसजी ग्रुपले सात हजार करोड भारु तथा अहमदाबादका लागि सिभीसी क्यापिटल्सले ५२ सय करोड भारु खर्च गरेको हो ।

सन् २०१६ र सन् २०१७ को सिजनमा दुई वर्षका लागि चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स प्रतिबन्धमा रहेको समयमा आरपीएसजी ग्रुपले राईजिङ पुने सुपरजायन्ट स्वामित्व लिएको थियो भने सिभीसी क्यापिटल्सले यस अघि फर्मुला वानमा पनि लगानी गरेको थियो भने स्पेनिस ला लिगामा पनि लगानी गरेको छ ।

आरपीएसजी ग्रुप र सिभीसी क्यापिटल्सले अद्नानी ग्रुप, लान्सर क्यापिटल, इङ्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको स्वामित्व भएको ग्लाजर परिवार जस्तालाई पछि पार्दै दुई टोलीलाई आफ्नो स्वामित्वमा ल्याउन सफल भएका हुन् ।

बिसीसीआईले आगामी सिजन देखि आईपीएलमा १० टोली राख्ने भएका कारण दुई नयाँ टोली थपेको हो ।

Click to comment

Trending