T20 World Cup

 ट्वान्टी ट्वान्टी विश्वकप : मुजिब र राशिदको घातक बलिङमा स्कटल्याण्डको लज्जास्पद हार 

Published

on

मुजिब उर रहमान र राशिद खानले घातक बलिङ गर्दा स्कटल्याण्डले ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ को आफ्नो पहिलो खेलमा १३० रनको लज्जास्पद हारको सामना गरेको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नजिबउल्लाह जद्रानको अर्धशतकमा चार विकेट गुमाएर १९० रनको विशाल योगफल तयार पार्यो भने रहमानले पाँच तथा राशिदले चार चार विकेट हात पार्दा स्कटल्याण्डले १० दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ६० रन बनाउन सक्यो ।

मुजिबले चार ओभरमा २० रन खर्चिए भने राशिदले दुई दशमलब दुई ओभरमा मात्र नौ रन दिए ।

ब्याटिङ तर्फ अफगानिस्तानका नजिबउल्लाह जद्रानले ३४ बलमा सर्वाधिक ५९ रन बनाए भने रहमानउल्लाह गुरबाजले ४६, ओपनरद्वय हजरतउल्लाह जजाई र मोहम्मद शहजदले क्रमश ४४ र २२ तथा कप्तान मोहम्मद नाबीले अविजित ११ रनको पारी खेले ।

स्कटल्याण्डले ३२ रनको अन्तरालमा १० विकेट गुमाउँदा अफगानिस्तानसँग लज्जास्पद हारको सामना गर्न पुगेको हो । ओपनरद्वय जर्ज मुन्से र कप्तान काइल कोट्जरले क्रमश २५ र १० रन जोड्दै पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । कप्तान कोट्जरको विकेटको पतन पछि स्कटल्याण्ड सम्हालिन सकेन ।              

 

Click to comment

Trending