Headline

अण्डर–२३ एसियन कप क्वालिफायर्सः नेपाल इरानसँग ४–० ले पराजित

Published

on

नेपाल एएफसी अण्डर–२३ एसियन कप क्वालिफायर्स अन्तर्गत सोमबार आफ्नो पहिलो खेलमा ४–० ले पराजित भएको छ ।

पहिलो हाफमा इरानलाई बराबरीमा रोक्न सफल नेपालले तीन वटै गोल दोश्रो हाफमा खान पुगेको थियो । पहिलो हाफको १७ औं मिनेटमा पेनाल्टी मिस गरेको इरानले दोश्रो हाफको शुरुवातमै गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

त्यसपछि नेपालले इरानलाई आधा घण्टासम्म रोकेपनि उसले दुई मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो । इन्जुरी समयमा इरानले चौथो गोल गरेको थियो ।

नेपालले अब आफ्नो दोश्रो खेलमा अक्टोबर २८ मा आयोजक ताजिकिस्तानको सामना गर्नेछ भने अक्टोबर ३१ मा लेबनानबिरुद्ध खेल्नेछ ।

२०२२ को अण्डर–२३ एसियन कप आयोजक उज्वेकिस्तान प्रतियोगिताका लागि छनौट भइसकेको छ । छनोट चरणमार्फत ११ समुह बिजेताले उज्वेकिस्तानको टिकट काट्ने छन् भने सबै समुहबाट चार उत्कृष्ट समुह बिजेताले १६ टिम सम्मिलित फाइनलमा स्थान बनाउने छन् ।

Click to comment

Trending