Headline

अण्डर–२३ एसियन कप क्वालिफायर्सः बलियो इरानको सामना गर्दै नेपाल

Published

on

नेपालले एएफसी अण्डर–२३ एसियन कप क्वालिफायर्स अन्तर्गत सोमबार आफ्नो पहिलो खेलमा बलियो इरानको सामना गरिरहेको छ ।

ताजकिस्तानको दुसान्बेमा हुन गइरहेको पहिलो खेल साँझ ४:४५ मा पामिर स्टेडियममा हुनेछ । समुह बीमा रहेको नेपालले आयोजक ताजिकिस्तान र लेबनानको पनि सामना गर्नु पर्ने भएका कारण नेपालको लागि समुह चरण निकै कठिन रहेको छ ।

२०२२ को अण्डर–२३ एसियन कप आयोजक उज्वेकिस्तान प्रतियोगिताका लागि छनौट भइसकेको छ । छनोट चरणमार्फत ११ समुह बिजेताले उज्वेकिस्तानको टिकट काट्ने छन् भने सबै समुहबाट चार उत्कृष्ट समुह बिजेताले १६ टिम सम्मिलित फाइनलमा स्थान बनाउने छन् ।

हालै साफ च्याम्पियनसिप उपबिजेता टोलीबाट ६ खेलाडी लिएर गएको नेपाली टोलीका लागि इरानसँग बराबरीले पनि ठूलो महत्व राख्न सक्छ । मनिष डाँगी, आयुष घलान, सुमन अर्याल, गौतम श्रेष्ठ, नितिन थापा र सुरज जेउ ठकुरीले माल्दिभ्समा नेपालका लागि साफ च्याम्पियनसिप खेलेका थिए ।

यी पाँच खेलाडीको आगमनले नेपाली टोलीको आत्मबिश्वास बढेको देखिन्छ । यसबाहेक अभिषेक रिजाल र एरिक बिष्टले पनि राष्ट्रिय टोलीबाट खेलिसकेको कारण नेपाली टिमलाई अनुभवी मान्न सकिन्छ ।

नेपालले प्रतियोगिता अघि भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको अण्डर–२३ टोलीसँग २–० को हार व्यहोरेको थियो । इरानसँग कम्तिमा पनि बराबरी गर्दै प्रतियोगिताको शुरुवात गर्ने प्रशिक्षक बालगोपाल महर्जनको लक्ष्य रहनेछ ।

बालगोपालले टिमको रुपमा प्रशिक्षण गर्न थोरै समय भएपनि आफ्नो टोलीले सक्दो राम्रो गर्ने बताएका छन् ।

“प्रशिक्षककै रुपमा पनि मैले तैयारीका लागि थोरै समय पाएको थिए । केही केटाहरु साफ च्याम्पियनसिपमा व्यस्त रहेको कारण पनि टिमको रुपमा प्रशिक्षणका लागि थोरै समय थियो । सबै टोली निकै राम्रा छन् र हामी राम्रो परिणामको अपेक्षा गरिरहेका छौं,” बालगोपालले भने ।

नेपालले अक्टोबर २८ मा ताजिकिस्तान र अक्टोबर ३१ मा लेबनानबिरुद्ध खेल्नेछ ।

Click to comment

Trending