Headline

बार्सिलोना ५६ बर्षपछि पहिलो पटक लगातार चार एल क्लासिकोमा पराजित

Published

on

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई २–१ ले पराजित गर्दै रियल म्याड्रिडले आफ्नो निकटतम प्रतिद्वन्दी र उसको प्रशिक्षक रोनाल्ड कोमनमाथि थप दवाब बनाएको छ ।

क्याम्प नोउमा डेभिड आलाबाको उत्कृष्ट गोलमार्फत ३२ औं मिनेटमा अग्रता पाएको रियलको जितलाई लुकास भास्केजले दोश्रो हाफको इन्जुरी समयको तेश्रो मिनेटमा सुनिश्चित पारेका थिए ।

सर्जियो अगुएरोले खेल सकिन केही सेकेण्ड मात्र बाँकी हुँदा बार्साका लागि एक गोल फर्काएका थिए । उनले बार्साको लागि पहिलो गोल गरेका हुन् ।

सांघुरो हारमा पनि बार्सिलोनाको अवस्था नाजुक बन्ने निश्चितप्राय भने छ । बार्साले १९६५ पछि पहिलो पटक लगातार चार वटा एल क्लासिकोमा पराजय व्यहोरेको हो ।

रियल २० अंकका साथ पहिलो स्थानमा उक्लदा बार्सिलोना भने नवौं स्थानमा झरेको छ । यद्दपि यो सिजन शिर्ष स्थानमा निकै तिब्र प्रतिस्पर्धा हुँदा रियल, सेभिया र रियल सोसिडाडको समान २० अंक रहेको छ । बार्सिलोना मात्र ५ अंक पछाडी छ ।

गत साता ला लिगामा भ्यालेन्सिया र च्याम्पियन्स लिगमा डाइनामो किभलाई हराउदै पुनरागमन गरेको कोमनका लागि यो अर्को झड्का हो । यसले उनको भविष्यलाई पनि अन्धकारमा पार्ने डर कायम रहनेछ ।

६५ बर्षमा पहिलो पटक ६ खेलाडी २२ बर्ष भन्दा कमका रहे भने १७ बर्षिय बार्सिलोना मिडफिल्डर गाभी झण्डै एक शताब्दीमा क्लबका लागि एल क्लासिकोमा शुरुवात गर्ने सबैभन्दा कान्छा खेलाडी बने ।

Click to comment

Trending