Headline

सलाहको ह्याट्रिकमा युनाइेटडले ओल्ड ट्राफोर्डमै लिभपुलसँग पाँच खायो

Published

on

मोहम्मद सलाहले आफ्नो उच्च प्रदर्शन कायम राख्दै ह्याट्रिक पुरा गरेपछि लिभरपुलले सशक्त प्रदर्शन गर्दै म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा ५–० को लज्जास्पद हार चखाएको छ ।

ओल्ड ट्राफोर्डमा नीरिह साबित भएको युनाइटेड पहिलो हाफमै चार गोलले पछि परेको थियो । यो सिजन आफ्नो लगातार १० औं खेलमा गोल गरेका सलाहले ५० औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

दुई मिनेटपछि नै क्रिष्चियानो रोनाल्डोको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले अमान्य घोषित गरेका थिए । ६० औं मिनेटमा पउल पोग्बा रेड कार्ड खादै बाहिरिएपछि युनाइटेडको समस्य अझै बढेको थियो ।

सलाहले यो प्रिमियर लिग सिजन ९ खेलबाट १० गोल गरिसकेका छन् । उनले खेलमा एक असिस्ट पनि दिएका थिए । सलाहको पासमा नाबी किटाले पाचौं मिनेटमै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि १४ औं मिनेटमा ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डको क्रसमा डियोगो जोटाले गोल लाइन नजिकैबाट गोल गरे ।

सलाहले किटाको पासमा ३८ औं मिनेटमा लिभरपुलका लागि तेश्रो गोल गरे । उनले इन्जुरी समयको पाचौं मिनेटमा डियोगो जोटाको पासमा आफ्नो दोश्रो गोल गरे ।

सलाहले आफ्नो पछिल्लो दुई खेलमा पाँच गोल गरेका छन् । उनले यसअघि एट्लेटिको म्याड्रिडबिरुद्ध च्याम्पियन्स लिगमा दुई गोल गर्दा लिभरपुल ३–२ ले बिजयी भएको थियो ।

अंक तालिकामा लिभरपुल २१ अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ भने पहिलो स्थानको चेल्सीको २२ अंक छ । नवौं चरणको खेलहरु समाप्त हुँदा म्यानचेस्टर सिटीको २० अंक छ । युनाइटेड १४ अंक सहित सातौं स्थानमा छ ।

Click to comment

Trending