Headline

लिभरपुलबिरुद्ध युनाइटेड पहिलो हाफमा ओल्ड ट्राफोर्डमै ४–० ले पछाडी

Published

on

लिभरपुलबिरुद्धको इंगलिस प्रिमियर लिग म्याचको पहिलो हाफमा म्यानचेस्टर युनाइटेड लज्जास्पद हारतर्फ अग्रसर भएको छ ।

मोहम्मद सलाहको उच्च फर्म कायमै रहँदा युनाइटेड ओल्ड ट्राफोर्डमा पहिलो हाफमै ४–० ले पछि परेको छ । लिभरपुलका लागि फर्मममा रहेका इजिप्सियन स्ट्राइकर सलाहले दुई गोल गर्दै एक असिस्ट पनि दिएका छन् ।

सलाहको पासमा नाबी किटाले पाचौं मिनेटमै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि १४ आंैं मिनेटमा ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डको क्रसमा डियोगो जोटाले गोल लाइन नजिकैबाट गोल गरे ।

सलाहले किटाको पासमा ३८ औं मिनेटमा लिभरपुलका लागि तेश्रो गोल गरे । उनले इन्जुरी समयको पाचौं मिनेटमा डियो जोटाको पासमा आफ्नो दोश्रो गोल गरे ।

सलाहले आफ्नो लगातार १० औं खेलमा गोल गरेका हुन् । उनले पछिल्लो दुई खेलमा चार गोल गसिकेका छन् ।

अंक तालिकामा चेल्सी २२ अंकका साथ शिर्ष स्थानमा छ भने म्यानचेस्टर सिटीको २२ अंक छ । दुवै ले ९ खेल खेलेका छन् । ८ खेल खेलेको लिभरपुलको १८ अंक छ । युनाइटेडको १४ अंक छ ।

Click to comment

Trending