T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : कोहलीको अर्धशतकमा पाकिस्तानलाई १५२ रनको मध्यम लक्ष्य

Published

on

कप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद भारतले ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १५२ रनको सामान्य लक्ष्य दिएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५१ रन मात्र बनाउन सक्यो । 

भारतले सुरुवात भने निकै खराब गर्यो । पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मा एलबिडब्लुको धरापमा पर्दा गोल्डेन डकआउट भए भने  तेश्रो ओभरको पहिलो बलमा आठ बलमा तीन रन बनाएका अर्का ओपनर केएल राहुल पनि बोल्ड आउट हुन पुगे । दुबै जनाको विकेट शाहिन शाह अफ्रिदीको शिकार बने ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुर्य कुमार यादवले पन्नी ११ रन भन्दा जोड्न सकेनन् । विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले सुरुवात सुस्त गरे पनि आक्रामक पारी खेल्दै समान २-२ चौका र छक्काको मद्दतमा ३० बलमा ३९ रन बनाएर शदाब खानको बलमा आउट हुन पुगे । ३१ रनमा तीन विकेट गुमाएको भारतको लागि पन्तले कप्तान कोहलीसँग ५३ रनको साझेदारी गर्दै पारी सम्हाले । 

एक छोडबाट भारतले लगातार विकेट गुमाए पनि कप्तान कोहलीले सम्हालिदै आफ्नो अर्धशतक पुरा गरे । ४९ बलको सामना गरेका कोहलीले पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए र उनी पनि अफ्रिदीको नै शिकार हुन पुगे ।

भारतका अन्य ब्याट्सम्यानहरुमा रविन्द्र जडेजा १३ तथा हार्दिक पान्ड्या ११ रनमा आउट भए भने र भुवनेश्वर कुमार पाँच रनमा अविजित रहे ।

भारतलाई मध्यम स्कोरमा रोक्ने क्रममा शाहिन शाह अफ्रिदीले चार ओभरमा ३६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने हसन अलिले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

 

   

 

Click to comment

Trending