T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप – असलंका र राजापक्षाको अर्धशतकमा बंगलादेश माथि श्रीलंकाको सहज जित 

Published

on

चरिथ असलंका र भानुका राजापक्षाले अर्धशतक प्रहार गरे पछि श्रीलंकाले सुपर १२ को आफ्नो पहिलो खेलमा बंगलादेश माथि पाँच विकेटको सहज जित दर्ता गराएको छ ।

१७२ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएका श्रीलंकाको लागि असलंकाले अविजित ८० र राजापक्षाले ५३ रनको मद्दतमा पाँच बिकेट गुमाएर सात बल अगावै लक्ष्य पार गर्यो ।

ओपनर कुसल परेरा एक रनमा आउट भए पनि असलंकाले अर्का ओपनर पथुम निसंका (२१ बलमा २४ रन) सँग मिलेर ६९ रनको साझेदारी गर्दै श्रीलंकाको पारी सम्हाले ।     

आठ रनको अन्तरालमा निसंका, आविष्का फर्नान्डो (शुन्य), वनिन्दु हसरंगा (६) पेभेलियन फर्किदा श्रीलंका नौ दशमलब चार ओभरमा ७९ रनको अवस्थामा खुम्चियो । तर असलंकाराजापक्षाले पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गर्दै श्रीलंकालाई जित दिलाए । ३१ बलमा समान ३-३ चौका र छक्का प्रहार गरेका राजापक्षा आउट भए पनि ४९ बलमा समान ५-५ चौका र छक्का प्रहार गरेका असलंकाले अविजित रहँदै श्रीलंकाको जित सुनिश्चित गराए । 

बंगलादेशका शकिब अल हसन र नासुम अहमदले समान २-२ विकेट हात पारे ।

यस अघि मोहम्मद नैम र र मुस्फिकर रहिमको अर्धशतकको मद्दतमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा चार विकेट गुमाएर १७१ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो ।   

बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६२ रन बनाए भने मुस्फिकर रहिमले पनि अविजित रहँदै ५७ रनको पारी खेले । नैमले ५२ बल खेल्दै छ चौका प्रहार गरे भने आक्रामक पारी खेलेका रहिमले ३७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

रहिम र नैम बाहेक अर्का ओपनर लिटन दासले १६, शकिब अल हसन र अविजित रहेका कप्तान महमदउल्लाहले १०-१० तथा अफिफ होसैनले सात रनको योगदान दिए ।

श्रीलंकाका चमिका करुनारत्ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले समान १-१ विकेट मात्र लिन सफल भए भने अन्य ब्याटर विकेट बिहिन रहे ।

 

 

Click to comment

Trending