T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिजको लज्जास्पद हार

Published

on

इंग्ल्यान्डका स्पिनर आदिल रशिदले घातक बलिङ गर्दा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा एकदिवसीय विश्वकपको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग सात विकेटको लज्जास्पद हारको सामना गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १४ दशमलब दुई ओभरमा ५५ रन जोड्दै आफ्ना सबै विकेट गुमायो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डले आठ दशमलब दुई ओभरमा चार विकेट गुमाएर लक्ष्य पार गर्यो । 

सानो लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डलाई अकिल हुसैनले केही दबाबमा राख्न सफल भए पनि ओपनर तथा विकेट किपर ब्याटर जस बटलरले अविजित २४ रन जोड्दै सहज जित दिलाए । 

यस अघि वेस्ट इन्डिज ट्वान्टी ट्वान्टी विश्वकपमा तेश्रो सानो योगफलमा समेटिएको हो । सबैभन्दा सानो योगफलमा समेटिने टोलीको पहिलो र दोश्रो स्थानमा नेदरल्याण्ड्स रहेको छ । नेदरल्याण्ड्स सन् २०१४ को विश्वकपमा र हिजो मात्र सम्पन्न दुबै खेलमा श्रीलंकासँग क्रमश ३९ र ४४ रनमा समेटिएको थियो ।

वेस्ट इन्डिजको तर्फबाट तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस गेलले सर्वाधिक १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

वेस्ट इन्डिजलाई सानो योगफलमा रोक्ने क्रममा रशिदले दुई दशमलब दुई ओभरमा दुई रन मात्र खर्चिएर सर्वाधिक चार विकेट लिए भने टिमाल मिल्स र मोईन अलीले पनि ४-४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर सामना २-२ विकेट आफ्नो नाममा लेखाए ।

Click to comment

Trending