T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज इंगल्याण्डबिरुद्ध ५५ रनमै अल आउट

Published

on

इंग्ल्यान्डका स्पिनर आदिल रशिदले घातक बलिङ गर्दा साबिक विजेता वेस्ट इन्डिज ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा किर्तिमानी ५५ रनमा समेटिएको छ । 

वेस्ट इन्डिज ट्वान्टी ट्वान्टी विश्वकपमा तेश्रो सानो योगफलमा समेटिएको हो । सबैभन्दा सानो योगफलमा समेटिने टोलीको पहिलो र दोश्रो स्थानमा नेदरल्याण्ड्स रहेको छ । नेदरल्याण्ड्स सन् २०१४ को विश्वकपमा र हिजो मात्र सम्पन्न खेलमा श्रीलंकासँग क्रमश ३९ र ४४ रनमा समेटिएको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको तर्फबाट क्रिस गेलले सर्वाधिक १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा मात्र १४ दशमलब दुई ओभरमा अलआउट हुन पुग्यो ।

वेस्ट इन्डिजलाई सानो योगफलमा रोक्ने क्रममा रशिदले दुई दशमलब दुई ओभरमा दुई रन मात्र खर्चिएर सर्वाधिक चार विकेट लिए भने टिमाल मिल्स र मोईन अलीले पनि ४-४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर सामना २-२ विकेट आफ्नो नाममा लेखाए ।

 

 

 

 

 

Click to comment

Trending