T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाको संघर्षपूर्ण जित 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिका माथि पाँच विकेटको संघर्षपूर्ण जित दर्ता गराएको छ । 

बलरहरु हाबी हुँदा दक्षिण अफ्रिकालाई मात्र ११८ रनमा रोक्न सफल भए पनि ११९ रनको सानो लक्ष्य पक्ष्याएकोअष्ट्रेलियाले पाँच विकेट गुमाएर दुई बल अगाडि जित आत्मसाथ गर्यो । 

दक्षिण अफ्रिकालाई सस्तोमा रोक्ने क्रममा जश हेजलउड, एडम जाम्पामिचेल स्टार्कले समान ४-४ ओभर बलिङ गर्दै क्रमश १९, २१ र ३२ रन खर्चिएर समान २-२ विकेट हात पारे । 

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको दक्षिण अफ्रिकाको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका एडेन मार्क्रमले सर्वाधिक ४० रन बनाए भने बलर कागिसो रबाडाले अविजित रहँदै १९ रनको योगदान दिए ।

अष्ट्रेलियाको जितमा ब्याटिङ तर्फ स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कस स्टोइनिस र विकेट किपर म्याथ्यु वेडले अविजित रहँदै क्रमश १६ बलमा २४ तथा १०  बलमा १५ रन जोड्दै महत्वपूर्ण दुई अंक आफ्नो टोलीलाई दिलाउन सफल भए । १५ दशमलब दुई ओभरमा पाँचौं विकेट गुमाए पछि अन्तिम २८ बलमा ४० रन रन आवस्यक रहेको अवस्थामा वेड र स्टोइनिसले छैठौ विकेटका लागि २६ बलमा अविजित ४० रनको साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाएका हुन् ।  

कप्तान आरोन फिन्च शून्य रनमा पेभेलियन फर्किएर खराब सुरुवात गरेको अष्ट्रेलियाका अन्य ब्याटरहरु डेभिड वार्नर १४, मिचेल मार्श ११ तथा ग्लेन म्याक्सवेल १८ रन जोड्दै आउट हुन पुगे । 

 

Click to comment

Trending