T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : नेदरल्यानण्ड्सको लज्जास्पद हार, श्रीलंका समुह विजेता बन्दै सुपर १२ मा

Published

on

श्रीलंकाका बलरहरु सामु निरिह हुँदा नेदरल्यानण्ड्सले ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह ए को आफ्नो अन्तिम खेलमा आठ विकेटको लज्जास्पद हारको सामना गरेको छ । यस अघि नै सुपर १२ मा स्थान पक्का गरिसकेको श्रीलंकाले समुह चरणका तिनै खेलमा जित निकाल्दै समुह विजेता बन्न सफल भएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यानण्ड्सले मात्र १० ओभरमा आफ्ना सबै विकेट गुमाएर ४४ रन भन्दा जोड्न सकेन भने श्रीलंकाले सात दशमलब एक ओभरमा दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।   

नेदरल्यानण्ड्स ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा दोश्रो सानो योगफलमा समेटिएको हो । यस अघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपमा श्रीलंकाले नै नेदरल्यानण्ड्सलाई मात्र ३९ रनमा समेटेको थियो ।  

श्रीलंकाका बलरहरु लाहिरु कुमारा र वानिन्दु हसरंगाले समान ३-३ विकेट हात पार्दा नेदरल्यानण्ड्स सानो योगफलमा नै समेटिन पुगेको हो । समान ३-३ ओभर बलिङ गरेका कुमारा र हसरंगाले क्रमश सात र नौ रन खर्चिएर भने मह़ीश थिकशानाले एक ओभरमा मात्र तीन रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।      

चौथो नम्बरमा ब्याटिङ गर्न आएका नेदरल्यानण्ड्सका कोलिन ऐकरम्यानले सर्वाधिक ११ रन बनाए भने बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यस्तै उसका चार जना ब्याटरले  त रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।  

श्रीलंकाका ओपनर पथुम निसंका शून्य रनमा आउट भए पनि अर्का ओपनर तथा विकेट किपर कुसल परेराले अविजित ३३ रन प्रहार गर्दै लक्ष्य पार गराए ।     

 

Click to comment

Trending