T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : आयरल्याण्डलाई स्तब्ध पार्दै नामिबिया सुपर १२ मा 

Published

on

आयरल्याण्डलाई आठ विकेटले स्तब्ध पार्दै नामिबियाले ओमान र युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ मा स्थान बनाएको थियो । 

नामिबियाले समुह ए को उपविजेताका रुपमा सुपर १२ को समुह २ मा स्थान बनाएको हो । यस समुहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र स्कटल्याण्ड रहेका छन् । समुह ए बाट श्रीलंकाले समुह विजेताका रुपमा सुपर १२ मा यस अघि नै प्रवेश पाएको थियो ।

सुरुवाती तीन जना ब्याटरले राम्रो सुरुवात दिए पनि त्यस पछिका ब्याटरहरु क्रिजमा टिक्न नसक्दा आयरल्याण्डले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो भने कप्तान जेर्रार्ड इरास्मसले ४९ बलमा अविजित रहँदै ५३ रन जोडे पछि नामिबियाले दुई विकेट गुमाएर नौ बल अगावै जित आत्मसाथ गर्यो ।  

नामिबियाको जितमा डेविड वीसको अलराउण्ड प्रदर्शन र यान फ्रिलिंकको बलिङ मुख्य आधार रह्यो । वीसले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर दुई विकेट लिए भने आक्रामक पारी खेल्ने क्रममा १४ बलमा अविजित २८ रनको पारी खेले । त्यस्तै  फ्रिलिंकले चार ओभरमा २१ रन दिएर सर्वाधिक तीन विकेट आफ्नो नाममा दर्ता गराए ।   

आयरल्याण्डको लागि ओपनरद्वय पौल स्टिर्लिंगले २४ बलमा ३८ तथा केबिन ओब्रायनले २४ बलमा २५ रन जोड्दै पहिलो विकेटका लागि सात दशमलब दुई ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । तर उसले बाँकी ओभरमा ६३ रन मात्र जोड्न सक्यो । त्यस स्टर्लिंगओब्रायन बाहेक कप्तान एन्डी बलबिर्निले २१ रनको पारी खेले भने त्यस पछिका ब्याटरहरु कुनैले पनि दोश्रो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाको जितमा ओपनर द्वय क्रेग विलियम्स र जेन ग्रिनले क्रमश १५ र २४ रन बनाएर दुबै जना कर्टिस केम्फरको शिकार बने । केम्फरले तीन ओभरमा १४ रन खर्चिए ।     

  

 

Click to comment

Trending