अन्तर्राष्ट्रिय

भारत र इंग्ल्यान्ड बीचको रोकिएको टेस्ट अर्को वर्ष हुने 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र भारत बीचको पाँच टेस्ट शृंखला अन्तर्गत रोकिएको पाँचौ तथा अन्तिम टेस्ट अर्को वर्ष आयोजना हुने भएको छ ।

भारतीय टोलीमा कोरोना संक्रमण देखिए पछि खेलाडीहरुले त्रासका कारण अन्तिम टेस्ट नखेल्ने भने पछि पाँचौ टेस्ट रोकिएको थियो । अब दुबै बोर्डले उक्त शृंखला आगामी वर्ष जुलाई एक देखि सुरु हुने निर्णय लिएका छन् । पाँच खेलको शृंखलामा भारत २-१ ले अघि रहेको छ ।

 भारतीय क्रिकेट बोर्डले भारतले ट्वान्टी ट्वान्टी र एकदिवसीय शृंखलाका लागि सन् २०२२ मा गर्न लागेको भ्रमणका क्रममा एक टेस्ट खेल्न मानेको हो । उक्त टेस्ट हुने भए पछि भारत र इंग्ल्यान्ड बीचको ट्वान्टी ट्वान्टी शृंखला पहिले तय भएको मितिबाट छ दिन पछि सर्दै जुलाई नौ तारिकबाट सुरु हुने भएको छ ।

यस अघि भारतले कुनै समयमा उक्त शृंखलाको अन्तिम टेस्ट कुनै समयमा मिलाएर खेल्ने इंग्ल्यान्ड क्रिकेट बोर्डलाई आश्वासन दिएको भए पनि सन् २०२२ मा गर्ने भ्रमणका बेलामा खेल्ने भन्ने बारेमा कुनै निर्णय लिएको थिएन ।

इंग्ल्यान्ड क्रिकेट बोर्डले भने टिभी राइट पाएको स्काई स्पोर्ट्सले रद्द भएको टेस्ट आयोजना गर्नका लागि दबाब दिएको अन्यथा आफ्नो घाटा व्यहोर्न भनेको भन्दै भारतलाई उक्त शृंखलाको अन्तिम खेल खेल्न आग्रह गरेको थियो ।

भारत र इंग्ल्यान्ड बीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने भारतले दोश्रो र चौथो टेस्ट क्रमश १५१ र १५७ रनको फराकिलो अन्तरको जित हात पार्दा इंग्ल्यान्डले तेश्रो टेस्ट एक पारी र ७६ रनले आफ्नो पक्ष्यमा पारेको थियो । 

 

Click to comment

Trending