Headline

माउरिन्होको प्रशिक्षण करिअरकै लज्जास्पद हार

Published

on

होजे माउरिन्होले आफ्नो प्रशिक्षण करिअरकै सबैभन्दा लज्जास्पद हार मध्येको एक व्यहोर्दा इटालिया क्लब एएस रोमा युरोपा कन्फेरेन्स लिगमा नर्वेको बोडोरग्लिम्टसँग ६–१ ले पराजित भएको छ ।

पहिलो हाफमा २–१ ले मात्र पछि पर्दा बोडोका लागि एरिक बोथेम र प्याट्रिक बर्गले गोल गरेका थिए भने कार्लेस पेरेजले रोमाका लागि एक गोल फर्काएका थिए । बोथेमले दोश्रो र टिमको लागि तेश्रो गोल गर्दा माउरिहाले दोश्रो हाफको शुरुवातमा तीन र एक घण्टा बितेपछि दुई परिवर्तन गरेका थिए ।

ओला सोल्बाकेनले एकल प्रयासमा उत्कृष्ट चौथो गोल गरे भने अमाल पेलेग्रिनोले पाचौं र सोल्बाकेनले आफ्नो दोश्रो गोल गर्दै रोमालाई लज्जास्पद हारको स्वाद चखाए ।

माउरिहोको टोलीले उनि प्रशिक्षक रहँदाको १ हजार ८ औं खेलमा ६ गोल खान पुगेको हो । माउरिन्होका लागि यसअघिको सबैभन्दा ठूलो हार २०१० मा थियो जबको उनको टोली रियल म्याड्रिडले बार्सिलोनासँग ५–० को नराम्रो हार व्यहोरेको थियो ।

“मैले यो लाइन अप लिएर खेल्ने निर्णय लिएको थिए, त्यसैले यो हारको जिम्मेवारी मेरो हो । मैले राम्रो मनसायले नै यो गरेको हो । म कडा मिहिनेत गर्नेहरुलाई अवसर दिन चाहन्थे । हामीसँग माात्र १३ खेलाडी छन् जसले रोमाको लागि राम्रो गर्न सक्छन्, अरु खेलाडी यो स्तरमा छैनन् । त्यसैले उनीहरुलाई पनि बिश्राम दिन आवश्यक थियो,” उनले भने ।

माउरिन्होकै पुर्व क्लब टोटेन्ह्याम हट्स्परले पनि समुह जीमा डच टोली भिटेसेसँग १–० को अस्वभाविक हार व्यहोर्यो । यद्दपि स्पर्स व्यवस्थापक नुनो इस्पिरितो सान्चेजले खेलका लागि ह्यारी केन, सन हिउँग मिन र ह्युगो लारिस लगायतका खेलाडीहरुलाई नलिएरै नेदरल्याण्ड्स गएका थिए ।

Click to comment

Trending