Headline

माल्मोबिरुद्धको फराकिलो जितमा चेल्सीले लुकाकु र वेर्नरलाई गुमायो

Published

on

डिफेन्डिङ्ग च्याम्पियन चेल्सीले स्विडिस क्लब माल्मोलाई ४–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ । स्ट्यामफोर्ड ब्रिजमा फराकिलो जित हात पारे पनि चेल्सीलाई स्ट्राइकरद्वय रोमेलु लुकाकु र टिमो वेर्नरको चोटको चिन्ताले भने सताएको छ ।

यसअघिको खेलमा युभेन्टससँग टुरिनमा पराजित चेल्सीले घरेलु मैदानमा भने कुनै गल्ति गरेन । आन्द्रेस क्रिष्चेन्सन थियागो सिल्भाको पासमा खेलको नवौं मिनेटमै चेल्सीलाई अग्रता दिलाएका थिए । क्रिष्चेन्सनले १ सय ३७ औं खेलमा पहिलो पटक चेल्सीका लागि गोल गरेका हुन् ।

जोर्गिन्होले २१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । लासे निएल्सनले लुकाकुमाथि फउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । चोट बोकेका लुकाकुले त्यसपछि खेल छोडेका थिए ।

ह्यामस्ट्रिँग समस्यका कारण वेर्नर पनि पहिलो हाफ अघि नै निस्किए तर उनको स्थानमा आएका क्यालम हट्सन–ओडोइको असिस्टमा काइ ह्याभर्ट्जले चेल्सीका लागि दोश्रो हाफको शुरुवातमै तेश्रो गोल गरे ।

एरिक लार्सनले एन्टोनियो रुडिगरमाथि फउल गरेपछि प्राप्त अर्को पेनाल्टीमा जोर्गिन्होले दोश्रो गोल गर्दै चेल्सीको जितलाई अझै फराकिलो बनाएका थिए ।

चेल्सी ६ अंक सहित दोश्रो स्थानमा छ भने रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई हराएको युभेन्टस लगातार तीन जित सहित समुह एचको अंक तालिकामा पहिलो स्थानमा छ ।

Click to comment

Trending