Headline

च्याम्पियन्स लिगः रोनाल्डोको गोलमा युनाइटेडको सनसनीपूर्ण पुनरागमन

Published

on

क्रिष्चियानो रोनाल्डोले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा सनसनीपूर्ण पुनरागमन गर्दै एटलान्टालाई ३–२ ले हराएको छ ।

ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलले पछि पर्दा ओले गुनर सोल्सायरको टोलीलाई आफ्नै घरेलु समर्थकले धुत्कारेका थिए । मारियो पासालिचले १५ औं मिनेटमा गोल गर्दै इटालियन क्लबलाई अग्रता दिलाएका थिए भने मेरिह डेमिरलले २८ औं मिनेटमा ओल्ड ट्राफोर्डलाई स्तब्ध पारे ।

तर दोश्रो हाफको शुरुवातसँगै दर्शकले पनि साथ दिएको युनाइटेड जुर्मुरायो । मार्कस रासफोर्ड ५३ औं मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काए भने ह्यारी मग्वायरले ७५ औं मिनेटमा दोश्रो गोल गरे ।

तीन हप्ता अगाडी भिलारियलबिरुद्ध अन्तिम समयमा गोल गर्दै टिमको उद्दार गरेका रोनाल्डो एक पटक फेरि युनाइटेडको संकट मोचक भए । खेल सकिन ९ मिनेट बाकी हुँदा ल्युक स को क्रसमा आफ्नो ट्रेडमार्क हेडरमार्फत जालीको कुना चुमाएका रोनाल्डोले युनाइेटडलाई उत्कृष्ट जित दिलाए ।

जितपछि युनाइटेड समुह एफको शिर्ष स्थानमा उक्लिएको छ । स्विस टोली यँग बोइजसँग स्तब्ध युनाइटेडको तीन खेलबाट ६ अंक भएको छ भने एटलान्टा र भिलारियालको समान ४ अंक छ ।

अर्को खेलमा भिलारियालले यँग बोइजलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो ।

Click to comment

Trending