Headline

ट्वान्टी ट्वान्टी विश्वकपः श्रीलंकाको पुनरागमनलाई आयरल्याण्डको जवाफ

Published

on

जोश लिटलले चार विकेट लिएपछि आयरल्याण्डले श्रीलंकाको उत्कृष्ट पुनरागमनमा ब्रेक लगाउदै १ सय ७१ रनमै रोकेको छ ।

समुह ए अन्तर्गतको खेलमा आयरल्याण्डले आक्रमक शुरुवात गर्दा श्रीलंकाले आफ्नो पहिलो तीन विकेट मात्र ८ रनमा गुमाएको थियो । त्यसपछि ओपनर पाथुम निसांका र वानिन्दु हसरँगा डि सिल्भाले शतकीय साझेदारी गरे । तर आयरल्याण्ड अन्तिम पाँच ओभर खेलमा फर्कदै श्रीलंकालाई ७ विकेटको क्षतिमा १ सय ११ रनमा रोक्न सफल भयो ।

पहिलो ओभरको दोश्रो बलमै कुशल पेरेरा (शुन्य) पल स्टर्लिङ्गको बलमा आउट भएपछि दोश्रो ओभरमा जोश लिटलले पुर्व कप्तान दिनेश चण्डिमाल (६) र अभिष्का फर्नाण्डोलाई लगातार बलमा पेभिलियन फर्काएका थिए ।

त्यसपछि निसांका र डि सिल्भाले उत्कृष्ट पुनरागमन गर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा क्रमश आफ्नो करिअरको उच्च योगफल बनाउदै श्रीलंकालाई बलियो स्थानमा पुर्याएका थिए । १ सय २३ रनको साझेदारीमा आक्रमक देखिएका डि सिल्भाले ४७ बलमा ७१ रन जोडे । उनले १० चौका र एक छक्का प्रहार गरे ।

१६ औं ओभरको शुरुवातमा १ सय ३१ रन बनाउनुका साथै ७ विकेट हातमै रहेपनि श्रीलंकाले डि सिल्भाको विकेट पतनपछि शतकीय साझेदारीलाई बिशाल योगफलमा परिणत गर्न सकेन ।

श्रीलंकाले अन्तिम २८ बलमा ४० रनमात्र जोड्दा चार विकेट गुमाउन पुग्यो । लिटलले निसांकाको पनि विकेट लिदा श्रीलंकन ओपनरले ४७ बलमा ६१ रन बनाउदै ६ चौका र एक छक्का हिर्काए । यस बाहेक कप्तान दासुन सनाकाले ११ बलमा २१ रन जोडे ।

लिटलले चार ओभरमा २३ रन खर्चिए भने मार्क अडेयरले उत्तिकै ओभरमा ३५ रन दिदै दुई विकेट लिए ।

Click to comment

Trending