T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : रोहित शर्माको अर्धशतकमा अष्ट्रेलिया माथि भारतको सहज जित 

Published

on

रोहित शर्माले अर्धशतक प्रहार गरे पछि ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो दोश्रो अभ्यास खेलमा भारतले अष्ट्रेलिया माथि आठ विकेटको सहज जित निकालेको छ । 

यस  अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको लागि स्टिभ स्मिथले अर्धशतक प्रहार गरे पछि २० ओभरमा पाँच विकेट गुमाएर १५२ रनको सामान्य योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर १३ बल अगावै लक्ष्य पार गर्यो ।

भारतको जितमा आजको खेलमा कप्तानी गरेका रोहितले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए । त्यस्तै केएल राहुलले ३९ रन बनाए भने सुर्यकुमार यादवले पनि अविजित ३८ रनको पारी खेले ।

रविचन्द्रन अश्विनले दुई बलमा दुई विकेट लिए पछि ११ रनमा तीन विकेट गुमाएको अष्ट्रेलियाको लागि स्टिभ स्मिथले ५७ रनको पारी खेले । स्मिथ बाहेक मार्कस स्टोइनिसले अविजित ४१ तथा ग्लेन म्याक्सवेलले ३७ रनको योगदान दिए ।

दुई ओभर बलिङ गरेका अश्विनले आठ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे ।       

 

Click to comment

Trending