Headline

निस्वार्थ मेस्सी र एमबाप्पेको पेनाल्टी आदन प्रदानको चर्चा

Published

on

अर्जेन्टाइन तथा पुर्व बार्सिलोना सुपरस्टार लियोनल मेस्सीले मँगलवार च्याम्पियन्स लिगको खेलका दौरान पेरिस सेन्ट जर्माइनको लागि ह्याट्रिक गर्ने मौकालाई खेर फाले ।

तर गोल मिस गरेर होइन ।

जर्मन क्लब आरबी लाइपजिगबिरुद्धको खेलको इन्जुरी समयको चौथो मिनेटमा मेस्सीले किलियन एमबाप्पेलाई पेनाल्टी प्रहार गर्ने अवसर दिए । पिएसजीको तीन वटै गोलमा संलग्न एमबाप्पेले पेनाल्टीमा गोल गर्न भने चुके । तर यहाँ कुरा बिश्व फुटबलका अबका सुपरस्टारको रुपमा हेरिएका फ्रेञ्च फर्वार्ड एमबाप्पेले गोल गर्न नसक्नु बारे होइन ।

यो त मेस्सीको कुरा हो जसले आफ्नौ करिअरमा कैयौं पटक आफूले ह्याट्रिक गर्न आएको मौकालाई मतलब नगर्दै अन्य खेलाडीलाई पेनाल्टी लिने अवसर दिएका छन् ।

बार्सिलोनाबाट पिएसजी आएयता मेस्सीले पहिलो पटक पेनाल्टी प्रहार गर्ने अवसर अरु कसैलाई दिएका हुन् ।

मँगलवार मेस्सीले देखाएको निस्वार्थ भावनाको चर्चा अहिले सर्वत्र छ । शायद मेस्सीले ह्याट्रिक गर्ने अवसरलाई सदुपयोग गर्न नचाहँदा उनका कट्टर समर्थकहरुलाई चित्त नबुझेको पनि हुन सक्छ । तर उनीहरुले मेस्सीको यो भावनाले आफ्नो खेलाडीलाई अझै बढी सम्मान भने पककै पनि दिने छन् ।

मेस्सीले आफ्नो करिअरमा ३० पटक अन्य खेलाडीलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका छन् र ती मध्ये ८ अवसर यस्ता थिए जसमा उनले ह्याट्रिक पुरा गर्न सक्थे । उनको करिअरमा हालसम्म ५४ ह्याट्रिक छ, त्यसमा बार्सिलोनाका लागि मात्रै पनि ४६ छ ।

मेस्सीले आफ्नो स्वार्थ मात्र पुरा गर्न खोजेको भए उनको अहिले ६२ करिअर ह्याट्रिक पुरा भइसकेको हुन सक्थ्यो । तर मेस्सीमा त्यो छैन ।

उनले आफ्नो करिअरमा सबैभन्दा बढी पेनाल्टी ब्राजिलियन स्टार नेमारलाई लिन लगाएका छन् भने त्यसबाहेक ९ पटक आफ्ना सबैभन्दा मिल्ने साथी तथा पुर्व बार्सिलोना टिममेट लुईस सुवारेजलाई प्रहा गर्न दिएका छन् ।

यो सुचीमा एमबाप्पे थपिएका मात्र हुन् । तर लाइपजिग बिरुद्ध पहिलो एमाबप्पेले आफूले पेनाल्टी जितेपछि मेस्सीलाई प्रहार गर्न दिएका थिए । मेस्सीले त्यसलाई गोलमा परिणत गरे । एमबाप्पे असफल भए तर उनलाई कुनै गुनासो थिएन ।

उनले मेस्सीलाई किन पेनाल्टी दिएको भन्ने प्रश्नमा आरामसँग भनेः “मैले मेस्सीलाई किन पेनाल्टी दिए ? टिममेटहरुले गर्ने नै यही हो । उनी बिश्वका उत्कृष्ट खेलाडी हुन् । उनले मलाई दोश्रो पेनाल्टी प्रहार गर्ने अवसर पनि दिए । मेरो दुर्भाग्य मैले मिस गरे । मेरो लागि उनीसँगै खेल्नु नै ठूलो कुरा हो र उनी यस बर्षको बालोन डि ओरको हकदार पनि हुन् ।”

Click to comment

Trending