Headline

अदालतमा सुनुवाइ अघि बेन्जेमाको गोल

Published

on

‘सेक्सटेप अफेयर’ नामले चर्चित एक काण्डमा अदालतमा आफ्नो सुनुवाई हुनुभन्दा एक दिन अघि करिम बेन्जेमाले च्याम्पियन्स लिगमा गोल गर्दा रियल म्याड्रिडले युक्रेनी क्लब सख्तर दोनेस्कलाई ५–० को बिशाल अन्तरले हराएको छ ।

सर्ही क्रिभ्सोभले पहिलो हाफमा गरेको आत्मघाती गोलले अग्रता पाएको रियलका लागि ब्राजिलियन भिनिसियस जुनियरले दुई गोल गरेका थिए भने अर्को गोलका लागि रोद्रिगोलाई असिस्ट गरेका थिए । बेन्जेमाले अतिरिक्त समयमा पाचौं गोल गरे ।

फ्रान्सका आफ्ना पुर्व साथी खेलाडी म्याथ्यु भाल्बुवेनालाई ‘सेक्सटेप अफेयर’ काण्डमा ब्ल्याकमेल गरेको आरोपमा बेन्जेमाको बुधबार अन्य चार संलग्न सहितसँग सुनुवाइ हुन गइरहेको छ । बेन्जेमा सुनुवाईमा उपस्थित हुने नहुने स्पष्ट छैन ।

मोल्दोभाको सेरिफ टिरास्पोलसँग घरमै चिप्लिएको रियलका लागि यो पुनरागमन जित थियो । १३ पटकको च्याम्पियन्स लिग बिजेता तीन खेलपछि ६ अंकसहित समुह डी मा सेरिफसँग हेड टु हेडमा दोश्रो स्थानमा रहेको छ ।

शिर्षमा रहेको सेरिफ मँगलवार नै भएको अर्को खेलमा इटालियन टोली इन्टर मिलानसँग २–१ ले पराजित भयो । तीन खेलपछि मिलानको चार अंक छ भने शख्तरको नाममा एक अंक रहेको छ ।

Click to comment

Trending