Headline

एकपछि अर्को किर्तिमान बनाइरहेका हालरको छैटौं च्याम्पियन्स लिग गोल

Published

on

आयाक्सले मँगलवार जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४–० को फराकिलो अन्तरले ध्वस्त पार्दा डच टोलीका आइभोरी कोस्ट खेलाडी सेबास्चियन हालरले पनि एक गोल गरे ।

उक्त गोलबाहेक आयक्सको जितमा उनले महत्वपूर्ण भुमिका पनि खेले । हालरले दिएको असिस्टमा घरेलु फर्वार्ड ड्याली ब्लाइन्ड र ब्राजिलियन विँगर एन्थोनीले १–१ गोल गरे । तीनमा तीन खेल जितेको आयाक्स उच्च लयका साथ समुह सी बाट नकआउट चरण प्रवेश गर्ने दौडमा अग्रपँक्तिमा छ ।

तर चर्चा हालर उनले चाँग लगाएका किर्तिमानको छ । इंगलिस प्रिमियर लिग क्लब वेष्ट ह्यामबाट यसै सिजन आयाक्स आएका हालरले आफ्नो च्याम्पियन्स लिग डेब्युमा ६ गोल गरिसकेका छन् । यसका लागि उनले जम्मा तीन खेल खेलेका छन् र तीन वटै खेलमा गोल गरेका छन् ।

च्याम्पियन्स लिगमा पहिलो तीन वटै खेलमा गोल गर्ने १९ बर्षको किर्तिमानमा उनले पुर्व चेल्सी लेजेण्ड तथा आफ्नै देशका डिडिएर ड्रोग्बाको किर्तिमानको बराबरी गरेका छन् । ड्रोग्बाले २००३ को च्याम्पियन्स लिगमा यो किर्तिमान कायम गरेका हुन् ।

२७ बर्षिय हालरको नाममा अन्य किर्तिमानहरु पनि छन् । पहिलो खेलमा पोर्चुगिज टोली स्पोर्टिङ्ग लिज्बनलाई ५–१ ले हराउदा चार गोल गरेका उनले च्याम्पियन्स लिगको डेब्यु खेलमा चार गोल गर्ने किर्तिमानमा अर्का डच मार्को भान बास्चेनको बराबरी गरेका थिए ।

युरोपको शिर्ष प्रतियोगिताको एकै खेलमा चार वा सो भन्दा बढी गोल गर्ने खेलाडीहरुको सुचीमा लियोनल मेस्सी, क्रिष्चियानो रोनाल्डो, ज्लाटन इब्राहिमोभिच, रोबर्ट लेवान्डोस्की लगायतका खेलाडीहरुको नाम छ । यसमा हालर पनि जोडिएका छन् ।

टर्किस क्लब बेसिक्टासबिरुद्धको दोश्रो खेलमा पनि गोल गर्दै उनी च्याम्पियन्स लिगको पहिलो दुई खेलमा पाँच गोल गर्ने एक मात्र खेलाडी बनेका थिए । उक्त खेलमा गोल गर्दा उनी लगातार दुई च्याम्पियन्स लिग खेलमा गोल गर्ने इतिहासको चौथो खेलाडी बनेका थिए ।

तर हालरले लगातार तेश्रो खेलमा गोल गरेका छन् र अब च्याम्पियन्स लिग इतिहासमा लगातार चार खेलमा गोल गर्ने बिश्वकै एक मात्र फुटबल बन्ने संघारमा छन् ।

Click to comment

Trending