Headline

च्याम्पियन्स लिगः मेस्सीको दुई गोल तर पिएसजीको जितमा एमबाप्पे हिरो

Published

on

स्टार खेलाडीहरुले उद्दार गरेपछि च्याम्पियन्स लिगमा फ्रेञ्च महारथी पेरिस सेन्ट जमाईनले पछि परेको स्थितिबाट जर्मन क्लब आरबी लाइपजिगमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ ।

घरेलु मैदानमा किलियन एमबाप्पेले पिएसजीलाई अग्रता दिलाए पनि यसअघि प्रतियोगितामा म्यानचेस्टर सिटीसँग ६–२ को फराकिलो अन्तरले हारेको लाइपजिग फ्रेञ्च राजधानीमा भने सम्हालिदै खेलमा फर्किएको थियो ।

आन्द्रे सिल्भा र नर्डी मुकिएलेले गोल गरेपछि लाइपजिगले अग्रता लिएको थियो । तर एमबाप्पे पिएसजीको सबै गोलमा संलग्न रहेपछि पिएसजीले पुनरागमन गर्दै रोमाञ्चक जित हात पार्न सफल रह्यो ।

माँसपेसीको चोटका कारण ब्राजिलियन स्टार नेमारलाई खेलका लागि गुमाएको पिएसजीलाई अर्को पराजयको सम्भावन बढ्दै गर्दा एमबाप्पेको असिस्टमा मेस्सीले खेललाई बराबरीमा ल्याए ।

७४ औं मिनेटमा एमबाप्पेमाथि बक्स भित्र फउल भएपछि प्राप्त पेनाल्टीमा मेस्सीले आरामसँग चिप गर्दै पिएसजीको जित सुनिश्चित पारे । तर एमबाप्पेले थप गरिएको अतिरिक्त समयमा भने पेनाल्टीमा गोल गर्न चुकेका पनि थिए । आफ्नो ह्याट्रिक पुरा गर्ने अवसर भएपनि मेस्सीले अन्तिम समयमा प्राप्त पेनाल्टीका लागि एमबाप्पेलाई प्रहार गर्न लगाएका थिए ।

किलियन र लियोको कस्तो स्तरका खेलाडी हुन् हामीले भनिरहनु पर्दैन । टिमको रुपमा हामीले समाधान खोज्न नसकिरहेको बेलामा यस्तो क्लासका खेलाडीहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने गर्छन्, पिएसजी प्रशिक्षक माउरिसियो पोचेटिनोले भने ।

समुह चरणको आधा यात्रा पुरा हुँदा पिएसजी अब समुह ए मा ७ अंकबाट शिर्ष स्थानमा उक्लिएको छ । इंगलिस क्लब म्यानचेस्टर सिटीको ६ अंक छ । २०२० को सेमिफाइनल खेलेको लाइपजिग हालसम्म अंक बिहिन हुँदै समुह चरणबाटै बाहिरिने खतरामा छ ।

बेल्जियन टोली क्बल ब्रुगमाथि ५–१ को फराकिलो जित हात पार्दै २०२१ को उपबिजेता सिटी पहिलो युरोपियन उपाधि जित्ने लक्ष्यमा बलियो रुपमा उपस्थित देखिएको छ ।

च्याम्पियन्स लिगमा आफ्नो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन दिएको सिटीका लागि अवे खेलमा रियाद माह्रेजले दुई गोल गरेका थिए । जाओ क्यान्सेलोले आधा घण्टामा सिटीलाई अग्रता दिलाएका थिए भने माह्रेजले पहिलो हाफ सकिनु अघि पेनाल्टीमा गोल गरेका थिए ।

दोश्रो हाफ शुरु भएको केही मिनेटमा कायल वाकरले तेश्रो गोल गरे भने १९ बर्षिय कोल पाल्मरले सब्स्टिच्युटको रुपमा आउदै पहिलो च्याम्पियन्स लिग गोल गरे । यान्स भानाकेनले क्लब ब्रुगका लागि एक गोल फर्काए तर माह्रेजले सिटीको लोभलाग्दो जितमा अन्तिम गोल गरे ।

Click to comment

Trending