T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : ओमान माथि बंगलादेशको फराकिलो जित, सुपर १२ पुग्ने आशा जीवितै  

Published

on

मुस्तफिजुर रहिमको घातक बलिङ, शकिब अल हसनको अलराउण्ड प्रदर्सन तथा मोहम्मद नैमको अर्धशतकको मद्धतमा बंगलादेशले आयोजक राष्ट्र ओमानलाई रनको फराकिलो जित दर्ता गराएको छ । यस जित पछि पहिलो खेलमा स्कटल्याण्डसँग ६ रनले स्तब्ध  भएको बंगलादेशले सुपर १२ मा पुग्ने आशा जीवितै राख्न सफल भएको छ । 

आजको खेलमा जित निकाल्न सकेको भए ओमानले स्कटल्याण्डसँगै सुपर १२ मा स्थान सुरक्षित गर्ने थियो भने बंगलादेश प्रतियोगिताबाट बाहिरिने थियो । तर आजको खेलमा हारको सामना गर्दा उसले सुपर १२ मा पुग्नका लागि समुह चरणको आफ्नो अन्तिम लिग चरणको खेलमा स्कटल्याण्डलाई पराजित गर्नै पर्ने हुन्छ । त्यस्तै बंगलादेशले आफ्नो अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरे पनि स्कटल्याण्ड र ओमान बीचको खेलको नतिजामा पनि भर पर्न पर्ने हुन्छ । 

बंगलादेशको जितमा रहिमले चार ओभरमा ३६ रन खर्चंदै महँगो साबित भए पनि सर्वाधिक चार विकेट लिए भने शकिब अल हसनले पनि तीन विकेट आफ्नो नाममा दर्ता गराए । 

ओमानको तर्फबाट ओपनर जतिन्दर सिंहले ४०, कश्यप प्रजापतीले २१ तथा कप्तान जिशन मकसुद १२ रन बनाएर आउट भए भने मोहम्मद नदीमले अविजित १४ रनको पारी खेले । त्यस बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।        

यस अघि ओपनर मोहम्मद नैम र अनुभवी शकिब अल हसनको उत्कृष्ट ब्याटिङमा खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बंगलादेशले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।  

ओपनर लिटन दास ६ तथा मेहेदी हसन शुन्य रनमा आउट हुँदा खराब सुरुवात गरेको बंगलादेशको लागि ओपनर नैम र चौथो नम्बरमा ब्याटिङ गर्न आएका शकिबले ८० रनको साझेदारी गर्दै १०१ रनको स्कोर सम्म डोर्याए । 

बंगलादेशले अर्को २१ रन जोड्दा शकिब ४२, नुरुल हसन तिन, अफिफ हुसैन एक तथा नैम ६४ रन बनाएर पेभेलियन फर्किए । त्यस बाहेक कप्तान महमुदउल्लाहले १७ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

बंगलादेशलाई सानो योगफलमा रोक्ने क्रममा फैयाज बट र बिलाल खानले समान ३-३ विकेट लिए कलीमउल्लाहले दुई लिंदा कप्तान जिशन मकसुदले पनि आफ्नो नाममा १ विकेट दर्ता गराए ।    

 

Click to comment

Trending