T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई दियो १५४ रनको मध्यम लक्ष्य 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ मा पुग्नका लागि जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई १५४ रनको मध्यम लक्ष्य दिएको छ ।

ओपनर नैम र अनुभवी शकिब अल हसनको उत्कृष्ट ब्याटिङमा खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बंगलादेशले पुरै २० ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।  

ओपनर लिटन दास ६ तथा मेहेदी हसन शुन्य रनमा आउट हुँदा खराब सुरुवात गरेको बंगलादेशको लागि ओपनर नैम र चौथो नम्बरमा ब्याटिङ गर्न आएका शकिबले ८० रनको साझेदारी गर्दै १०१ रनको स्कोर सम्म डोर्याए । बंगलादेशले अर्को २१ रन जोड्दा शकिब ४२, नुरुल हसन तिन, अफिफ हुसैन एक तथा नैम ६४ रन बनाएर पेभेलियन फर्किए ।

त्यस बाहेक कप्तान महमुदउल्लाहले १७ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

बंगलादेशलाई सानो योगफलमा रोक्ने क्रममा फैयाज बट र बिलाल खानले समान ३-३ विकेट लिए कलीमउल्लाहले दुई लिंदा कप्तान जिशन मकसुदले पनि आफ्नो नाममा १ विकेट दर्ता गराए ।    

Click to comment

Trending