T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : किशन र राहुलको अर्धशतकमा भारतको सहज जित 

Published

on

ओपनरद्वय इशान किशन र केएल राहुलले अर्धशतकीय पारी खेले पछि भारतले इंग्ल्यान्ड विरुद्धको अभ्यास खेलमा सात विकेटको सहज जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १८८ रनको विशाल योगफल बनाए पनि भारतले १९ ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गरेको हो ।  

भारतको जितमा किशनले सर्वाधिक ७० रन बनाए भने राहुलले ५१ रनको पारी खेले । सुरुवात देखि नै आक्रामक पारी खेलेको भारतको लागि राहुल र किशन ले आठ दशमलब दुई ओभरमा ८२ रन जोड्दै राम्रो सुरुवात दिए । निकै नै आक्रामक रुपमा देखा परेका राहुलले २४ बलमा छ चौका र तीन छक्का प्रहार गरे पछि मार्क उडको शिकार भए ।

राहुलको विकेटको पतन पछि पनि नरोकिएका किशनले ४६ बल खेल्दै सात चौका र तीन छक्का प्रहार गरे भने कप्तान कोहलीसँग मिलेर दोश्रो विकेटका लागि ४३ रन जोडे ।

भारतका कप्तान बिराट कोहली ११, सुर्यकुमार यादव आठ रनमा आउट भए भने विकेट किपर रिशब पन्त र हार्दिक पान्ड्याले क्रमश १४ बलमा २९ र १० बलमा १६ रनको योगदान दिए ।        

मध्य सुरुवात गरेको इंग्ल्यान्डको तर्फबाट जोनी बेयरस्टोले ३६ बलमा ४९, मोईन अलीले २० बलमा ४३ तथा लियाम लिभिङस्टोनले २० बलमा ३० रन जोड्दै विशाल योगफल सम्म डोर्याउन सफल भए । 

चार ओभरमा ४० रन खर्चिए पनि भारतका मोहम्मद शामीले सर्वाधिक तीन विकेट लिए भने जस्प्रित बुम्रा र राहुल चाहरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।    

Click to comment

Trending