T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : श्रीलंकाको सहज जित 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकाले नामिबिया माथि सात विकेटको सहज जित हात पारेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको श्रीलंकाले १३ दशमलब तीन ओभरमा तीन विकेट गुमाएर लक्ष्य पार गर्यो । 

श्रीलंकाका ओपनर कुसल परेरा ११ तथा अर्का ओपनर पथुम निसंका र दिनेश चन्दिमल समान ५-५ रन बनाएर पेभेलिय फर्कँदा खराब सुरुवात गरे पनि अविजित भानुका राजापक्षाआविष्का फर्नान्डोले क्रमस २७ बलमा ४२ तथा २८ बलमा ३० रन जोड्दै सहज जित दिलाए । 

नामिबियालाई सानो स्कोरमा रोक्ने क्रममा महीश थेक्शानाले चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने लाहिरु कुमाराले तीन दशमलब तीन ओभरमा नौ रन खर्चिएर दुई विकेट हात पारे । त्यस्तै वानिन्दु हसरंगाले चार ओभरमा २४ रन दिएर दुई विकेट नै लिन सफल भए । 

नामिबियाको तर्फबाट क्रेग विलियम्सले सर्वाधिक २९, कप्तान एरार्ड इरास्मसले २० र जेजे स्मितले १२ रन जोडे भने बाँकी आठ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

Click to comment

Trending