T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : अफगानिस्तान माथि दक्षिण अफ्रिकाको फराकिलो जित 

Published

on

बलरहरु हाबी हुँदा ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको अभ्यास खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तान माथि ४१ रनको फराकिलो जित दर्ता गराएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा पाँच विकेट गुमाएर १४५ रनको सामान्य योगफल बनायो भने जबाफी ब्याटिङ गरेको अफगानिस्तानले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो ।

दक्षिण अफ्रिकाको जितमा ब्याटिङ तर्फ एडेन मार्क्रमले सर्वाधिक ४८ रन बनाए भने ओपनर तथा कप्तान टेम्बा बवुमा पनि ३१ रनको पारी खेले । त्यस्तै रस्सी भान डर दुस्सेनले २१, डेभिड मिलरले २० रनको योगदान दिए । 

त्यस्तै तब्रिज शाम्सीले चार ओभरमा मात्र १८ रण खर्चिएर सर्वाधिक तीन विकेट लिए भने लुंगी एनगिदीले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । त्यस बाहेक ब्योर्न फोर्टिनले एक विकेट मात्र हात पारे पनि चार ओभरमा मात्र १२ रन खर्चिए ।

अफगानिस्तानका कप्तान मोहम्मद नाबीले सर्वाधिक ३४ रन बनाए पनि चार जना ब्याटरले रनको खाता पनि खोल्न सकेनन् ।

अफगानिस्तानका मुजिब उर् रहमानले सर्वाधिक तीन विकेट हात पारे ।          

 

Click to comment

Trending