Headline

साफ उपबिजेता नेपाली टोलीको बिमानस्थलमा भब्य स्वागत

Published

on

साफ च्याम्पियनसिपको २८ बर्षे फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोलीको त्रिभुवन बिमानस्थलमा भब्य स्वागत गरिएको छ ।

नेपाली टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो । शनिबार साफ च्याम्पियनसिप फाइनलमा नेपाल चीर प्रतिद्वन्दी भारतसँग ३–० ले पराजित भएको थियो । हारसँगै नेपाली टोली आफ्नो फुटबल इतिहासकै ठूलो मध्येको एक उपाधिबाट बञ्चित भएपनि ऐतिहासिक फाइनल खेल्न सफल भएको थियो ।

सयौंको संख्यामा नेपाली फुटबल समर्थकहरुले स्वागत गरेको नेपाली टोलीलाई बिमानस्थलमा लिन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पनि पुगेका थिए । उनले नेपाली फुटबललाई अझै उचाईमा पुर्याउन सरकारको रुपमा सहयोगन गर्ने आश्वासन पनि दिए ।

समर्थकहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारा पनि लगाएका थिए । भारतबिरुद्धको फाइनल नेपाली राष्ट्रिय टोलीका लागि आफ्नो अन्तिम हुने बताएका अब्दुल्लाह माल्दिभ्सबाट सिधै कुवेत फर्किसकेका छन् ।

तेश्रो पटक आफूले नेपाल छोड्न गइरहेको घोषणा गरेका अब्दुल्लाहको नेपालसँगको सम्झौता अक्टोबर २३ मा समाप्त हुदैछ ।

नेपाली टोलीको स्वागतमा नेपाली सेनाले मंगल धुन पनि बजाएको थियो । नेपालले उपबिजेताको हैसियतमा २५ हजार डलर पुरस्कार पाएको थियो ।

Click to comment

Trending