Headline

अगुएरोले बार्सिलोनाको लागि डेब्यु गर्दा काउटिन्होको ११ महिनामा पहिलो गोल

Published

on

अर्जेन्टिनी स्टार सर्जियो अगुएरोले लामो पर्खाइपछि बार्सिलोनाको लागि डेब्यु गर्दा ब्राजिलियन फिलिपे काउटिन्होले ११ महिनामा क्लबका लागि पहिलो गोल गरेका छन् ।

आइतबार सातौं स्थानमा उक्लने क्रममा यो सिजन खराब शुरुवात गरेको बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ ले हरायो ।

नयाँ ट्रान्सफर सिजनमा बार्सिलोना भित्रिएका अगुएरो चोटका कारण मैदान बाहिर नै रहेका थिए । काउटिन्होले गोल गर्दै टिमको जित सुनिश्चित गरेपछि अगुएरोलाई तीन मिनेटको खेल मात्र बाकी रहदा मैदानमा उतारिएको थियो ।

अन्सु फाती र मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडी राखेपछि काउटिन्होले २०२०, नोभेम्बरमा ओसासुनाबिरुद्धको ४–० को जितपछि पहिलो गोल गरेका थिए ।

खेलमा अग्रता भने भ्यालेन्सियाले लिएको थियो । पाचौं मिनेटमै होजे गायाले पाहुना टोलीलाई सरप्राइज लिड दिएका थिए । चोटका कारण झण्डै एक बर्ष बाहिरिएका फातीले बक्स बाहिरबाट सुन्दर गोल गर्दै बराबरी गरेका थिए ।

फातीले नै बक्समा फउल ड्र गर्दै प्राप्त पेनाल्टीमा डिपेले गोल गरेका थिए । बार्सिलोना ८ खेलपछि १५ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष स्थानको रियल सोसिडाडको ९ खेलबाट २० अंक छ ।

रियल म्याड्रिड, सेभिया, एट्लेटिको म्याड्रिड र ओसासुनाको समान १७ अंक छ । ओसासुनाले आइतबार नै भिलारियाललाई २–१ ले हरायो भने सेभियाले सेल्टा भिगोलाई १–० ले पराजित गर्यो ।

Click to comment

Trending