T20 World Cup

 भारतीय समर्थकहरूको सनक, पाकिस्तान विरुद्धको खेल बहिष्कार गर्न आग्रह 

Published

on

दुबई र ओमानमा संयुक्त रुपमा हिजोबाट ट्वान्टी ट्वान्टी विश्वकप सुरु भएको छ । पहिलो दिनको पहिलो खेलमा आयोजक ओमानले पपुवा न्यु गिनीलाई तथा दोश्रो खेलमा एसोसिएट्स राष्ट्र स्कटल्याण्डले टेस्ट राष्ट्र बंगलादेशलाई पराजित गरेका छन् ।

सुपर १२ को खेलहरु अक्टोबर २३ बाट सुरु हुनेछ भने चिर प्रतिद्वन्दी भारत र पाकिस्तान अक्टोबर २४ मा एक आपसमा भिड्ने छन् । तर खेल सुरु हुन एक हप्ता पनि बाँकी समय छैन । भारतीय समर्थकहरु भने भारतले पाकिस्तान विरुद्धको खेल बहिष्कार गर्न पर्ने आवाज उठाउन थालेका छन् ।

उनीहरुले ट्विटरमा #boycott Pakistan (पाकिस्तानलाई बहिष्कार) भन्दै ट्विट गरेका छन् र अहिले यो भाइरल भएको छ भने ट्रेन्डिङमा पनि रहेको छ । 

पाकिस्तानले आतङ्कवादलाई समर्थक गरेको भन्दै भारतीय समर्थकहरुले भारतले उक्त खेल बहिष्कार गर्न पर्ने आवाज उठाएका हुन् । पछिल्लो समय पाकिस्तानको क्रिकेट पनि राम्रो नरहेको पनि समर्थकहरुको आवाज छ । न्युजिल्याण्ड र इंग्ल्यान्डले आफ्नो भ्रमण रद्द गरेका कारण पनि पाकिस्तानमा राजनीतिक अवस्था पनि नाजुक रहेको समर्थकहरुको भनाइ रहेको छ ।   

पाकिस्तानले भारतका सैनिक माथि लगातार रुपमा आक्रमण गर्ने गरेका कारण पनि समर्थकहरले खेल बहिष्कार गर्दै उदाहरणीय कदम चाल्न आग्रह पनि गरेका छन् । त्यस्तै उनिहरुले सामाजिक संजालमा पाकिस्तान क्रिकेटलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठाएका छन् ।

Click to comment

Trending