Headline

मैदान पूननिर्माणसँगै डुकुछापमा अन्तर क्लब फुटबल प्रतियोगिता सम्पन्न

Published

on

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित खहरे नजिकै रहेको मैदन केही समय देखी हिलाम्मे र पानी जमेको अवस्थामा रहेको थियो । फुटबल खेलको बिकासका लागि मैदान आवश्यक रहेका कारण वडा नम्बर ८ वडाअध्यक्ष शुक्र बहादुर लामाको पहलमा  समाजशेवी गौतम तिमलसिना तथा उनको टोलीले मैदान पुननिर्माण गरेसँगै डुकुछापमा फुटबल फर्किएको छ ।

मैदानको पूर्णनिर्माणसँगै उक्त मैदानमा प्रथम अन्तर कल्ब फुटबल प्रतियोगिता पनि सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ को आयोजना र डुकुछाप युथ क्लबको सहआयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थियो ।

नकआउट चरणमा खेलाइएको प्रतियोगिता ४ दिन चलेको थियो । जहाँ टोकलमाठ युथ क्लब च्याम्पियन बनेको थियो । टोकलमाठले डुकुछाप शान्ती समाजलाई टाइब्रेकरमा ३(४ ले हराउँदै उपाधि सहित नगद ४० हजार हात पारेको थियो भने डुकुछाप शान्ती समाजले २० हजार हात पारेको थियो ।

खेलको समपन गर्दै बोल्ने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शुक्र बहादुर लामाले फुटबल खेलको बिकासका लागि मैदान पूर्ण निर्माण गरेका गौतम तिमलसिनालाई सम्मान पनि गरेका थिए ।

यस्तै वडाअध्यक्ष लामाले सहभागी भएका सबै क्लबलाई आर्थिक सहित प्रतियोगिता अगाडि जर्सी समेत हस्तान्तरण गरेका थिए ।

Click to comment

Trending