Headline

ट्वान्टी ट्वान्टी बिश्वकपः ओमानको सशक्त शुरुवात, पिएनजी १० विकेटले पराजित

Published

on

ओपनरद्वय अकिब इल्यास र जतिन्दर सिँहले शान्दार शतकीय साझेदारी गरेपछि ओमानले आइतबार देखि शुरु भएको ट्वान्टी ट्वान्टी बिश्वकप पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दै शान्दार शुरुवात गरेको छ ।

बिश्वकपको आफ्नो पहिलो खेलमा मिडल अर्डर मात्र चलेपछि ओमानको अल अमिरत क्रिकेट ग्राउण्डमा २० ओभरमा ९ विकेट गुमाउदै १ सय २९ रन मात्र बनाउन सक्यो । जवाफमा ओमानले इल्यास र सिँहले अद्र्धशतकको मद्दतमा मात्र १३ दशमलव ४ ओभरमा लक्ष्य भेट्टायो ।

छक्काका साथ बिजयी रन प्रहार गरेका सिँहले करिअरको उच्च ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय योगफल बनाउने क्रममा ४२ बलमा ७३ रन बनाए । उनको इनिङ्गसमा सात चौका र चार छक्का सामेल थियो । इल्यासले ४३ बलमा ५० रन जोड्दा पाँच चौका र एक छक्का हिर्काए ।

पहिलो चरणको समुह बी मा रहेको ओमानले बंगलादेश र स्कटल्याण्डको पनि सामना गर्नेछ । प्रत्येक दुई समुहबाट शिर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् । बंगलादेश र स्कटल्याण्ड आइतबार नै आ–आफ्नो पहिलो खेल खेल्दैछन् ।

आफ्नो पहिलो दुई विकेट खाता नखोलेरै गुमाएको पिएनजी शुरुवातमै दवाबमा आएको थियो । तर कप्तान असद भाला र चार्लस अमिनीले ८१ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

अमिनीले २६ बलमा चार चौका र एक छक्काको मद्दतमा ३७ रन बनाए । पिएनजीको पतन भालाको विकेटसँगै शुरु भएको थियो । कलिमुल्लाहको दोश्रो शिकार बन्नु अघि भालाले ४३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५६ रन बनाए ।

१५ औं ओभरमा स्पिनर तथा कप्तान जिसान मक्सुदले एकै ओभरमा तीन विकेट लिएपछि पिएनजी सस्तैमा समेटियो । पिएनजीले अन्तिम ६ ओभरमा मात्र २७ रन जोड्दै ६ विकेट गुमाएको थियो ।

मक्सुदले तीन विकेट लिए भने अर्का तिब्र गतिका बलर बिलाल खानको नाममा पनि दुई विकेट रह्यो ।

Click to comment

Trending