Headline

आजदेखि शुरु हुँदै ट्वान्टी ट्वान्टी बिश्वकप

Published

on

छोटो संस्करणको क्रिकेटको महाकुम्भ ट्वान्टी ट्वान्टी बिश्वकप आजदेखि शुरु हुन गइरहेको छ ।

दुई फरक चरणमा खेलाइने प्रतियोगिता अन्तर्गत आइतबारको उद्घाटन खेलमा ओमानले पहिलो पटक बिश्वकप खेलिरहेको पपुवा न्यु गिनीको सामना गर्नेछ भने बंगलादेशले स्कटल्याण्डबिरुद्ध खेल्दैछ । समुह बी अन्तर्गतका सबै खेल ओमानको अल अमिरत क्रिकेट ग्राउण्डमा हुनेछन् ।

८ टिम रहेको पहिलो चरणमा ओमान, पपुवा न्यु गिनी, स्कटल्याण्ड, आयरल्याण्ड, नामिबिया र नेदरल्याण्ड्स ग्लोबल क्वालिफायरबाट छनौट भएका हुन् ।

बंगलादेश र श्रीलंका बिश्वकपका लागि तय गरिएको अन्तिम समयसिममा सम्ममा टेस्ट राष्ट्रमध्ये अन्तिम दुई स्थानमा रहेका कारण पहिलो चरणमा खेल्न गइरहेका हुन् । श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित समुह ए का खेल युएईमा हुनेछन् ।

राउण्ड रोबिन लिगपछि समुह ए र बी का शिर्ष दुई टोली सुपर १२ मा खेल्ने छन् । सुपर १२ को समुह एक मा अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजसँगै समुह ए को बिजेता र बि को उपबिजेता रहने छन् ।

भारत, पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड सुपर १२ को समुह २ रहेका छन् । उनीहरुसँग समुह ए को उपबिजेता र समुह बी उपबिजेता जोडिनेछन् ।

Click to comment

Trending