Headline

नेपाल हार्यो

Published

on

भारतसँग ३–० ले पराजित भएपछि नेपालको साफ च्याम्पियनसिप जित्ने सपना अधुरै भएको छ । मालेमा भारतले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपालको साफ च्याम्पियनसिप जित्ने सपनामाथि तुषारापात भयो ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतीय प्रशिक्षक इगोल स्टिम्याक प्रतिबन्धका कारण दचलाइनमा उपस्थित हुन नसकेको खेलमा भारतले नै पकड जमाएको थियो ।

कप्तान सुनिल क्षेत्रीको प्रेरणामा अग्रता लिएको भारतले दोश्रो हाफको शुरुवातमै एक मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई पूर्ण रुपमा आफ्नै पकडमा पारेको थियो । इन्जुरी समयको दोश्रो मिनेटमा तेश्रो गोल गरेपछि नेपालले फराकिलो अन्तरले हार ब्यहोर्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुँगिएपछि कप्तान क्षेत्रीले नै भारतलाई अग्रता दिलाएका थिए । उनले फाइनल मार्फत आफ्नो ७८ औं अन्तर्राष्ट्रिय गोल गरे भने जारी साफ च्यापम्पियनसिपमा पाँच गोलसहित सर्वाधिक गोलकर्ता पनि बने ।

हेडर मार्फत सुन्दर गोल गर्दै क्षेत्रीले भारतलाई अग्रता दिलाए लगत्तै सुरेश सिँहले भारतको अग्रता दोब्बर बनाएका थिए । नेपालको लागि ७७ औं मिनेटमा रोहित चन्दको हेडर पोस्टमा लागेर फर्किएको थियो ।

यसअघि निरन्तर भारी बर्षा हुँदा दुवै टोलीलाई खेल्न निकै नै कठिन भएको स्थितिमा नेपाललाई पहिलो केही मिनेटमै कप्तान किरण चेम्जोङले निश्चित गोल खानबाट बचाएका थिए । किरणले वान भर्सेस वान अवस्थामा अनिरुद्ध थापालाई गोल गर्नबाट रोकेका थिए ।

१७ औं मिनेटमा डिफेण्डर राहुल भेखेको चुनौतिमा रोहित चन्दले बक्स भित्र आएको बललाई छातीले रोकेपनि उनी चिप्लिएपछि गोल गर्ने मौका गुमाएका थिए । २७ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहारलाई किरणले रोकेका थिए । खेलमा भारतले आक्रमण बढी गरेपनि नेपालले गोल हुन दिएको छैन । पहिलो हाफ सकिनु अघि भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

Click to comment

Trending